पाल्पा दरवारलाई संग्राहलय बनाउने प्रस्ताव सर्वसम्मत

Read Time:5 Minute, 14 Second

देब पचभैया

पाल्पा, माघ २०

पुनर्निमित पाल्पा दरबारलाई संग्राहलयका रुपमा विकास र विस्तार गर्न पाल्पालीहरु एकमत भएका छन् ।

स्थानीय शान्ति समिति पाल्पाले तानसेनमा आयोजना गरेको अन्तरकृया कार्यक्रममा विगतका भएका छलफल र निर्णयहरुका आधारमा दरबारलाई संग्राहलयका रुपमा विकास गर्दा जिल्लाको विकास अघि बढ्ने निश्कर्ष निकाल्दै पाल्पालीहरु यो निर्णयमा पुगका हुन् । पाल्पाका सभासदहरु, जिल्लामा क्रियाशील राजनीतिक दल, सरकारी कार्यालय, नागरिक समाज र सञ्चार क्षेत्र सहभागी निर्णय पुस्तिकामा पाल्पा दरवार र दरवार परिसरलाई संग्राहलय बनाउन हामी सर्वसम्मत निर्णयमा पुगेका छौँ उल्लेख गरिएको छ । यसैगरी संग्राहलयका लागि आवश्यक जनशक्ती र बजेटको व्यवस्था गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय पुरातत्व विभाग र अन्य निकायलाई अनुरोध गर्ने, संग्राहलयको गुरु योजना तयार गर्न स्थानीय राजनीतिक दल र सरोकारवालसँग समन्वय गर्ने निर्णय गरिएको छ ।
अन्तरकृया कार्यक्रममा पाल्पा क्षेत्र नं. २ का सभासद सोमप्रसाद पाण्डेयले संग्राहलय स्थापना गर्न सके ऐतिहासिक सम्पदालाई बचाउन र संस्कृतिको संरक्षण गर्न सकिने बताए । पाण्डेयले कुनै बेला दिल्लीको लालकिल्ला वा गोरखाको संग्राहलय प्रशासनिक भवन भएको र आज संग्राहलयको स्थापनाले पर्यटनको गन्तव्य स्थल बन्न सफल बनेको धारणा व्यक्त गरे ।
अर्का सभासद् तुलसा रानाले संग्राहलय बनाएर अघि बढ्दा पाल्पाली जनता नै खुशी हुने बताए । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका सहसचिव उमाकान्त पराजुलीले पाल्पालीहरु दरवारमा संग्राहलय बनाउन इच्छुक छन् र सहमति छ भनेर आफूले मन्त्रालयमा रिपोर्टिङ गर्ने बताए । पाल्पाका प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीले दरवारको प्रयोगका बारेमा पाल्पालीहरु एकताबद्ध भएपछि यो सम्पतिको संरक्षण गर्न सकिने बताए । शान्ति मन्त्रालयका डिभिजन इन्जिनियर ध्रुव पौडेलले शान्ति मन्त्रालयको लगानी भएकाले जति सक्दो चाँडो हस्तान्तरण गर्न पाए हुन्थ्यो भन्ने मन्त्रालयको चाहना रहेको बताए ।
कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य राजन पन्त, नेकपा एमालेका केन्द्रीय सदस्य ठाकुर गैरे, राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य सोमकुमार कार्की, नेपाली काँग्रेसका जिल्ला सभापति बीर बहादुर राना, नेकपा एमालेका धनेन्द्र घिमिरे, एकीकृत नेकपा माओवादीका जिल्ला उपाध्यक्ष नेत्र पाण्डेय, नेकपा माओवादी गिर बहादुर थापा, राप्रपाका रेवन्त बहादुर विष्ट, पूर्व सभासद् कुल प्रसाद नेपाल, पूर्व सभासद् नारायणी घिमिरे, पूर्व सभासद् लीला सोमै, पूर्व सांसद गम्भीरजंग कार्की, जिल्ला विकास समितिका पूर्व सभापति झपेन्द्र जीसी, वरिष्ठ पत्रकार मेघराज शर्मा, मोहन श्रेष्ठ, बुद्धिप्रसाद शर्मालगायत ३० भन्दा बढीले संग्राहलय हुनुपर्ने धारणा राखेका थिए ।
शान्ति समितिका सदस्य तथा जिल्ला विकास समितिका पूर्व सभापति प्रेमनाथ बस्यालले स्वागत गर्दै पुनर्निमित दरबारलाई संग्राहलय घोषणा गरेर अघि बढ्नुपर्ने बताएका थिए । कार्यक्रमको बारेमा प्रकाश पार्दै समितिका सदस्य एवम् पूर्व सांसद यादव बहादुर रायमाझीले ऐतिहासिक र पुरातात्विक महत्वको दरवार भएकाले यसलाई संग्राहलय बनाउनुपर्छ भन्ने शान्ति समितिको सर्वसम्मत निर्णय रहेको जानकारी दिए । कार्यक्रम शान्ति समितिका संयोजक सिता जीसीको अध्यक्षतमा भएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %