कर्म सिङ लामा
दोहा कतार २ फेब्रुरी, नेपाल प्रवासी तामाङ् समाज कतारले समाजका केन्द्रिय सदस्य तथा गायक एक्शन लामा लाई, एक कार्यक्रमको आयोजनागरी बिदाई गरेको छ ।
गत ३० जनवरी शुक्रबार दोहा स्थित अल कुदुप पार्कमा समाजका अध्यक्ष माईला वाईवा तामाङको अध्यक्षतामा एक कार्यक्रमको आयोजनागरी उहाँलाई दोहा कतारवाट विदाई गरिएको हो ।
विदाई कार्यक्रममा स्वागत मन्तब्य राख्नु हुदै समाजका केन्द्रीय सदस्य प्रकाश मम्बा तामाङ्ले संसारको जुनसुकै कुनामा रहे पनि, समाज प्रति गरिएको योगदान समाजले कहिल्यै नभुल्ने बताए |
सोही क्रममा शुभकामना मन्तब्य राख्नु हुदै प्रथम उपाध्यक्ष कुमार मोक्तान कोषाध्यक्ष रोशन दोङ् तामाङ्, महासचिब दिल दोर्जे तामाङ्, सदस्य अमृत घिसिङ्ग, सक्रिय सदस्य तथा ओखलढुंगा सेवा समाजका अध्यक्ष अशोक सिङदन तथा विभिन्न संघ सस्थाका प्रतिनिधि ज्यूहरुले उहाँले समाज प्रति गर्नु भएको योगदान र सहयोगको प्रशंसा गर्नु हुदै समाज प्रति गरेको योगदान र सहयोग अविस्मरणीय रहने बताए | कार्यक्रममा आफुलाई र सम्मान र विदाई गरेकोमा भावुक हुँदै समाज र उपस्थित सवैलाई गायक लामाले आफु दोहा छोडेर गए पनि संसारको जहाँ पुगे पनि अाफुलेे गर्न सक्ने सयोग गरिरहने गर्दै साथी भाई संग छुट्ने मन नहुदा नहुदै पनि आफ्नै जन्म देशमा गएर केहि गर्ने लक्ष्य रहेको र सस्था बाट पनि आफुले धेरै सहयोग सद्भाव र पाएकोमा आफु धेरै खुसि भएको र समाज प्रति आभार ब्यक्त गरेका थिए |
समाजका केन्द्रीय सदस्य श्याम मम्बा तामाङ्ले संचालन गर्नु भएको उक्त कार्यक्रममा बोल्नु हुदै कार्यक्रमको सभापति तथा समाजका अध्यक्ष माईला वाईबा तामाङ्ले समाज प्रति गरेको सहयोग र योगदानको प्रशंसा गर्दै भाबी सामाजिक र सांगीतिक कलाकरिक जीवन को उत्तर –उत्तर प्रगतिको कामना गर्दै समाज को तर्फबाट प्रशंसा र कदर पत्र सहित खादा ओढाएर सम्मान गरेका थिए | समाजका सदस्य तथा गायक एक्शन लामा लामो समय देखि सस्थामा अबद्ध भै दोहाबसाईलाई अन्त्य गर्दै नेपाल फर्किन लागेको हो |
