वुटवल , २० पुस
‘कला सिर्जना समाज र राष्ट्रका लागि’ भन्ने नाराका साथमा बुटवलमा पनि अन्तराष्ट्रिय आदिवासि चलचित्र महोत्सव २०६७ शुरु हुने भएको छ ।
यहि पुस २८ देखि १ माघसम्म संचालन हुने महोत्सवमा आदिवासि जनजातिहरुको कला,धर्म,सस्कृति र पहिचानको बारेमा जानकारी गराउने उद्देश्यले चलचित्र महोत्सवको आयोजना गरिएको बुधबार बुटवलमा आयोजित पत्रकार भेटघाटमा जानकारी गराइएको हो ।
अन्तराष्ट्रिय स्तरमा समेत प्रदर्शन गरिसकिएको नेपाल र विदेशी आदिवासिहरुको कथालाई समेटिएर तयार पारिएको १६ वटा चलचित्र तथा बृत्तचित्र महोत्सवमा देखाईने छ । देशभरका पांच ठाउहरुमा संचालन गरिएको महोत्सवमा मगर,गुरुङ,तामाङ,लिम्बु,राई लगायतका जातजातिहरुको सस्कृति तथा उनीहरुको सामाजिक स्तरका बिषयलाई समेटिएर तयार पारिएका चलचित्र तथा लघुबृत्त प्रर्दशन गरिएको अन्तराष्ट्रिय आदिवासि चलचित्र महोत्सव बुटवलका संयोजक शंकर गाहाले बताए । उनका अनुासर बुटवलमा ५ चलचित्र र १२ लघुबृत्तचित्र प्रदर्शन गरिने छ ।
अन्तराष्ट्रियस्तरमा समेत चर्चित लिम्बु सस्कृतिमा आधारित चलचित्र नुमाफुङको बिशेष प्रदर्शन गरिने आयोजकले जनाएका छन् । त्यस्तै मगर सस्कृतिमा आधारित चलचित्र सालीज्यू , गुरुङ चलचित्र सैं,लिम्बुको चेसुङ, फोङवामा ,चलचित्र प्रदर्शन गरिने छ । त्यस्तै आदिवासिहरुको कथालाई समेटिएको छोटा चलचित्र पिपल्स् अफ् द डार्कनेस् , धिमाल जातिको पहिचानको खोजीमा, तामाङको पोङ, नागा स्टोरी ः द अदर् साईड अफ साईलेन्स, ब्यासि सौकाको संस्कृति लगायतका रहेका छन् ।