पाल्पा २१ पौष
पाल्पाले ५ बर्षिय पर्यटन गुरुयोजना सार्वजनिक गदै पर्यटन बर्ष सन् २०११ को औपचारी उद्घाटन गरेको छ ।
नेपालका सात पर्यटकीय स्थान मध्ये पाल्पाले पर्यटन विकासको स्पष्ट खाका भएको गुरुयोजना निर्माण सार्वजनिक गरेको हो ।
उद्घाटन समारोहमा विदेशी पर्यटकहरुलाई फुलमालाले स्वागत गुर्नका साथै घर घरमा कलश राखेर तानसेन बजारमा धार्मिक, सांस्किृत विभन्नि झॉकी तथा ¥यालीहरु निकालिएको छ ।
पर्यटन सुचना केन्द्र तथा कोशेली घर र तानसेन भ्यु प्वाइन्ट र बजार क्षेत्रका चहकीलो वत्तिहरुको पनि उद्घाटन गरिएको छ ।
पर्यटन विकास समिति पाल्पाको आयोजना र जिल्ला विकास समिति, तानसेन नगरपालिका, पाल्पा उधोग बाणिज्य संघको समन्वयमा उद्घाटन कार्यक्रम गरिएको हो ।
मुस्लिम समुदाय, पञ्चेबाजा, सरायनॉच, लाखेनॉच गन्र्धव संस्कृती, मगर समुदायको संस्कृती, येशु तथा ओमशान्तीको धार्मिक झॉकी लयायत विभिन्न टोल विकास संस्था, विद्यालयहरु तथा अन्य स्थानीय मौलिक ५३ वटा समुहले झॉकी तथा ¥याली निकालेर बजार परिक्रममा गरेका छन् । पाल्पाको रानीमहल, भैरवस्थान, दर्लाममहाकाली, पाल्पा दरबार लगायतका स्थानहरुको प्रतिक बनेर बजार परिक्रममा गरिएको थियो ।
युनाइटेड अमेरिकाका रिबेक बिल्स र मर्टन विल्सलाई पाल्पाली ढाका टोपी तथा माला लगाएर सभासदहरु कुलप्रशाद नेपाल, नारायणी शर्मा, स्थानीय विकास अधिकारी कृष्णचन्द्र घिमिरे लगायतले स्वागत गर्नुभएको थियो ।
मिलीजुली टोल विकास संस्थाले एक दिनका लागी विदेशी पर्यटकलाई खाना तथा बसको निशुल्क व्यवस्था पनि गरेको छ । पाल्पाले महिनामा कम्तिमा एक कार्यक्रम पर्ने गरी बर्ष भरी नै विभिन्न कार्यक्रम गर्ने तयारी गरेको छ ।
देब पचभैया