प्रधानमन्त्रीद्धारा लडाकु पुनःस्थापना गर्न राष्ट्रसंघलाई आग्रह

Read Time:3 Minute, 50 Second

काठमाडौ, आश्विन २०

प्रधानमन्त्री माधवकुमार नेपालले माओवादी सेनाका लडाकुहरुको समायोजन नेपाल आफैले गर्ने

उल्लेख गर्दै बरु पुनस्थापना कार्यमा सहयोग गर्न आग्रह गरेका छन् ।

संयुक्त राष्ट्रसंघका राजनीतिक मामिला सम्बन्धी उपमहासचिव वी।लिन पास्कोसहितको उच्चस्तरीय

राष्ट्रसंघीय टोलीसंगको भेटवार्ताका क्रममा बुधबार प्रधानमन्त्री नेपालले समायोजनमा नभइ

पुर्नस्थापनामा सहयोगको अपेक्षा गरेको बताएका हुन् । पुनस्थापना कार्यमा राष्ट्रसंघबाट बस्तुगत,

आर्थिक, विशेषज्ञ लगायतका सहयोगको प्याकेज अपेक्षा गरिएको छु प्रधानमन्त्री कार्यालयले जारी

गरेको बिज्ञप्तिमा भनिएको छ ।

 सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज भएको भेटमा प्रधानमन्त्री

नेपालले पास्कोलाई अनमिनको अवधि थप भएकोमा राष्ट्रसङ्घलाई धन्यवाद दिँदै सरकारले

माओवादी सेनाका लडाकुलाई विशेष समितिको मातहतमा ल्याइएको र उक्त अवधिभित्र

समायोजन र पुनस्र्थापनाका लागि विस्तृत कार्ययोजना तयार गरिरहेको जानकारी दिए  ।  

    भेटमा सहभागी प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार राजन भट्टराईले पत्रकारलाई

दिएएको जानकारीअनुसार सेना समायोजनका लागि उच्चस्तरीय राजनीतिक सहमति कायम

गरिने र पुनस्र्थापनाका लागि भने राष्ट्रसङ्घको प्राविधिक र आर्थिक सहयोग आवश्यक पर्ने

प्रस्ताव पास्कोलाई राखे  ।

    नेपालमा भइरहेको शान्तिप्रक्रिया र राष्ट्रसङ्घीय मिसन (अनमिन) को बाँकी कार्यभारका

सम्बन्धमा उच्चस्तरीय छलफल गरी सुरक्षा परिषद्मा प्रतिवेदन तयार गर्ने जिम्मेवारी लिएर पास्को नेपालमा आएका हुन् ।  

अनमिनको अवधि अन्तिमपटकका लागि आगामी जनवरी १५ सम्मका लागि थप भएको छ ।
    
        
    त्यस अवसरमा पास्कोले शान्तिप्रक्रियाका लागि पछिल्लो चरणमा भएका प्रगतिको प्रशंसा

गर्दै नेपालमा अनमिन नरहेको अवस्थामा पनि आवश्यक सहयोग गर्न राष्ट्रसङ्घीय निकायहरु

तयार रहने वताएको भट्टराईले जानकारी दिएका छन् ।

    पास्कोले पत्रकारसँग कुरा गर्दै नेपालमा भएको राजनीतिक भेटवार्ताबारे यही अक्टोबर १५

भित्र सुरक्षा परिषद्लाई ‘ब्रिफिङ’ गर्ने बताए  । पास्कोले आजै विभिन्न दलका शीर्ष नेतालाई भेट गर्नेछन् ।

 
    नेपालमा भइरहेको शान्तिप्रक्रिया र राष्ट्रसङ्घीय मिसन (अनमिन) को बाँकी कार्यभारका

सम्बन्धमा उच्चस्तरीय छलफल गरी सुरक्षा परिषद्मा प्रतिवेदन तयार गर्ने जिम्मेवारी लिएर

पास्को नेपालमा आएका हुन् ।  उनी आज विहान दुईदिने नेपाल भ्रमणका आएका हुन् ।  उनलाई

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अनमिन प्रमुख करिन ल्यानग्रेनले स्वागत गरेका थिए  ।

 

रासस

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %