शीर्ष नेताहरुको सत्तामोहले शान्ति र संविधान धरापमा : आयोग अध्यक्ष उपाध्याय

Read Time:2 Minute, 6 Second

भक्तपुर, २१ पुस

राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष केदारनाथ उपाध्यायले ठूलादलका नेताहरुको सत्तामोहले मुलुकको शान्ति प्रक्रिया र संविधान लेखन धरापमा परेको बताएका छन।

काठमाडौँ स्कुल अफ ल दधिकोट भक्तपुरको ११ औँ वार्षिकोत्सवको अवसरमा अध्यक्ष उपाध्यायले नेताहरु राष्ट्रिय हितमा नलागी पार्टी, शासन र सत्तामोहमा लाग्दा मुलुक गम्भीर सङ्कटमा परेको हो उनले भने  ।

उनले दलका नेताहरुले राष्ट्र र जनताको बारेमा नसोच्दा मुलुकको प्रमुख एजेन्डा संविधान निर्माण, शान्ति प्रक्रिया र लडाकू समायोजन कार्य ओझेलमा परेको बताए  ।

‘कानुनी शासन नभई मुलुकमा स्थिरता आउँदैन, स्थिरता नभएको मुलुकमा मानवअधिकार स्थापित हुन सक्दैन’, भन्दै उहाँले भन्नुभयो– ‘दलहरु कानुनी शासनभन्दा आफ्नो शासन र सत्ता प्राप्तिमा लागेका छन् ।’

दलहरुले जिम्मेवारीपूर्वक निर्णय र सहमति गर्न नसके मुलुकमा अझै कठिन अवस्था आउने उनको दाबी थियो ।

तराईमा अहिले पनि दैनिकजसो हत्या, हिंसा र अपहरणका घटना घटिरहेको बताउँदै उनले सुरक्षाकर्मीबाट समेत मानवअधिकार उल्लङ्घनका घटना घट्नु झन गम्भीर रहेको उल्लेख गरे ।

काठमाडौँ स्कुल अफ लका अध्यक्ष प्रा माधवप्रसाद आचार्यको सभापतित्वमा भएको उक्त कार्यक्रममा नेपाल बार एसोसिएसनका अध्यक्ष प्रेमबहादुर खड्का, स्कुलका प्रिन्सिपल डा युवराज सङ्ग्रौलालगायतले मानवअधिकार रक्षामा सरकार उदासीन रहेको बताए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %