मुककाजी गुरुङ
हङकङ , १८ जनवरी २०१५ का दिन याउमाँ तेईस्थित कम्यूनिटी हलमा नेपाली कथानक चलचित्र “निशानी” भब्यताका साथ प्रदर्शन भएको छ।
गोर्खालीहरुको वीरताको कारण आज विश्वमा नेपाल र नेपालीलाई चिन्ने गरेको छ भने यिनै वीर गोर्खाहरुको वीरता, त्याग र बलिदानको कथा बोकेको प्रेम सुब्बाको प्रस्तुति नेपाली कथानक चलचित्र “निशानी” लाई हङकङस्थित डिजिटल आई एचकेको पहलमा प्रदर्शन गरेको हो। चलचित्रमा बिशेष गरेर भारतको कारगील युद्धमा भारतीय सेनामा कार्यरत नेपाली सेनाहरुको वास्तविकतालाई चलचित्रमा झल्काइएको छ । यो हङकङमा प्रदर्शन हुने अन्य नेपाली चलचित्रहरु भन्दा उत्कृष्ट चलचित्र रहेको बुझिएको छ।
चलचित्र प्रदर्शन अगाडि नेपालबाट निशानी चलचित्र प्रदर्शन गर्न आएका निर्देशक प्रेम सुब्बाको प्रमुख आतिथ्यमा आयोजक कृष्ण लावती र चलचित्रलाई प्रायोजन गर्ने प्रायोजक दाताहरुलाई मञ्चमा आमन्त्रित गरिएको । सो समारोहमा जेपीटीएचके डटकम (डिजिटल आई एचके) का सञ्चालक लक्ष्मण गुरुङ लगायत मञ्चमा आसिन प्रायोजक दाताहरुले निर्देशक प्रेम सुब्बालाई खादा लगाई सम्मान गरेका थिए।
यसैक्रममा निर्देशक प्रेम सुब्बाले लिम्बु भाषाको चलचित्र नुमाफुङ देखि निशानी चलचित्रलाई हङकङे दर्शक महानुभावहरुले मन पराई दिनु भएकोमा हङकङबासी सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई धन्यवाद ब्यक्त गरे ।
निर्देशक सुब्बाले चलचित्र प्रदर्शन गर्न बिशेष सहयोग गर्ने डिजिटल आई एचके लगायत समाजसेवी तथा मिडियाकर्मी कृष्ण लावतीलाई बिशेष धन्यवाद ब्यक्त गरेका थिए।