पर्सा (वीरगन्ज), २१ पुस
अत्यधिक चिसोका कारण वीरगन्जमा गएराति एक युवकको ज्यान गएको छ ।
चिसोसँगै बढेको शितलहरका कारण गएराति वीरगन्ज उपमहानगरपालिका–१९ नगवाका स्थानीय २६ वर्षीय युवक चिन्तामणि खनालको मृत्यु भएको हो ।
बेलुका पसलबाट घर फर्कने क्रममा उनी बिरामी परेपछि उपचारका लागि नारायणी अस्पतालमा भर्ना गरिएकोमा उनको ज्यान गएको परिवारका सदस्यले बताएका छन् । खनाल विगत लामो समयदेखि निमोनियाबाट ग्रसित रहेका थिए ।
विगत केही दिनयता यस क्षेत्रमा चलेको शितलहरका कारण जनजीवन अत्यन्तै कष्टकर बनेको छ । चिसोका कारण बालबालिका र वृद्धवृद्धाहरु पनि प्रभावित भएका छन् ।