राष्ट्रिय जनमुक्ति पार्टीको २५औं स्थापना दिबस बेलायतमा सम्पन्न

Read Time:7 Minute, 5 Second

कर्मा पहाडी शेर्पा

हिजो १८ जनुवारी २०१५ आइतबारका दिन बेलायतमा राष्ट्रिय जन मुक्ति पार्टीका भातृ सगठन दि हिमालयन अर्गनैजेसन बेलायतले पार्टीको २५औं स्थापना दिबस रजत जयन्ति भव्यताका साथ सम्पन्न गरेको छ ।

  कार्यक्रममा नेपाल देखि बेलायत भ्रमणमा आएका पार्टीका संघिय परिसदका सदस्य तथा सुनसरी जिल्ला इन्चार्ज चन्द्र खापुंग र संघिय सभाका सदस्य पूर्व तनहुंग जिल्ला अध्यक्ष केसर बहादुर थापा लाई फुल र खादाका साथ बेलायतमा न्यानो स्वागत गरिएको थियो । कार्यक्रमका सभापति भातृ सगठन बेलायतका अध्यक्ष थर्क राना, प्रमुख अतिथि चन्द्र खापुंग, विषेश अतिथि केसर बहादुर थापा, र अतिथि संघिय लिम्बुवान समाज बेलायतका उपाध्यक्ष दिलसिंग लिम्बुले संग्युक्त रुपमा २५ वटा बत्ति बाली कार्यक्रमको उत्घाटन गरिएको थियो । भने विभिन्न राजनीतिक पार्टी संघ सस्था लाई प्रतिनिधित्व गरेर आउनुहुने सम्पूर्ण अतिथि गणहरूलाई उपाध्यक्ष हिमाली रानाद्धारा खादा लगाई स्वागत गरिएको थियो ।

 
सगठनका उपाध्यक्ष प्रेम बहादुर तामांगले पार्टीको २५औं स्थापना दिवसमा उपस्थित जनहरु लाई स्वागत गर्दै हाम्रो देश नेपाल अहिले खताराको दल दलमा डुब्ने संगकेत बढ्दै गरेको र देश लाई खतारा मुक्त गर्न नेपाली राजनीतिक दलहरु लाई नेपाली जनताले र देशले चाहे जस्तो संविधान दिनुनै बुद्दिमान रहेको बताउदै आफु राष्ट्रिय जनमुक्ति पार्टीको स्थापनाकाल देखि नै र अगामी दिनहरुमा यहि पार्टीमा रहेर नेपाल र नेपालीको लागि एक योद्दाले झैँ आफ्नो पसिना बगाई रहने पर्तिबद्दता जनाउदै अब भने पार्टीमा नेतृत्व परिबर्तन गरि नया पुस्ताले यो पार्टीलाई नया मार्गको दर्सन गराउनु पर्ने विचार राखेका थिए ।

संगीय लिम्बुवान समाज बेलायतका उपाध्यक्ष दिल सिङ्ग मेनयांगबोले माघ ८ मा नेपाली जनताले भने जस्तो संविधान नाअएमा अब लिम्बुवानले सबैले जित्ने लडाई लड्ने बताउदै Kathmandu समिकरण थियो, छ, र रहिरहन्छ, एेतिहासिक पृष्ट भूमिको अधारमा पहिचान सहितको संघिय लिम्बुवान परदेश नेपाल अन्तर्गत नै रहने प्रस्ट परेका थिए ।

राष्ट्रिय जनमुक्ति पार्टीका संगीय परिसदका सदस्य कमला थापाले एकता नै आजको आबस्यकता हो भन्ने जानी जानी एमाले, कांग्रेस नेपाल र नेपालीको एकता देख्न नमागेको र देश र जनता भित्र भिन्नताको फलाउने कुचेष्टा गरि रहेको बताउदै, देश र जनताले चाहे जस्तो संविधान नगरे अब माघ ८ गते बाट कसैलाई पनि सभासद बनेर हिड्ने अधिकार नभएको र औंचित्य नरहने बताएका थिए ।

त्यसतै गरि अर्को संघिय परिसदका नेता तथा प्रमुख अतिथि चन्द्र खपुङ्ग्ले आज बिहान ६ परदेशमा सहमती हुन लाग्यो भनेर प्रतिगामीहरुले भ्रम फैलाई रहेका छन् यो कुरामा पहिचानवादी शक्तिहरु भ्रममा नपर्न अग्रह गर्दै, यो कुरा झुटो हो र यो केवल ६ मागको आम हड्ताल लाई बिथोलने षडयन्त्र हो भन्दै सम्पूर्ण देश भित्र या देश बाहिर रहेर पनि पहिचान बिरोधिहरुले गर्ने गति बिधि लाई हेर्नु पर्ने दिन अएको बताउदै देश र जनताको बिस्वासको पटक पटक हत्या गरि सकेको एमाले र कांग्रेस लाई अबभने बिस्वास गर्ने ठाउँ नहेको भन्दै गर्णित संख्याको आधारमा होइन सहमतिको आधारमा संविधान निर्मार्ण गर्नु पर्ने बताए ।

सगठनका महासचीब कमान सिङ्ग कर्मा पहाडी शेर्पाले जन आन्दोलनमा उत्रेका पार्टीका नेता कार्यकर्तालाई कुनै क्षति, चोट पुग्न गएमा प्रवास समिति भातृ सगठन सदैव सहयोग लागि तत्पर रहने बताउदै प्रत्यक घरको एक एक जना आन्दोलनमा उत्रन आग्रह गर्दै, बेलायतमा अरु संघियबादीहरु संग सहकार्य गरि विभिन्न देशको राजदुतहरुमा ज्ञापन पत्र बुजाउनुको साथै रयाली निकालिने बताउदै विश्व भरि प्रसारण हुने बि.बि.सी. नेपाली सेवा निस्पक्ष नभएकोले एकदम दुख ब्यक्त गर्दै समबन्धित पक्षको यस बिषयमा ध्यान जाओस यदपि अन्तरिम सम्बिधानबाट राष्ट्र धर्म निरपेक्ष भैसकेको अबस्थामा पनि बि.बि.सी. नेपाली सेवा धर्मको पछि लागेको बताए ।
अहिलेको अबस्थामा आदिबासीहरुको प्राथमिकता आफु अबद्दा दल भन्दा पनि मुद्दा प्रमुख रहनु पर्ने हो तर तेसो नभएर नेपालमा आदिबासी जनजाती महासंघका अध्यक्ष र महासचिब पार्टीको दल दलमा फसेकोमा दुख ब्यक्त गर्दै संविधान सभाको राज्य पुनसंरचना समितिले प्रस्तुत गरेको पहिचान सहितको १४ प्रदेस वा संविधान सुझाव आयोग ले प्रस्तुत गरेको पहिचान सहितको ११ प्रदेसलाई स्वीकारनु पर्ने १ सार्वभौम जनताको प्रतिनिधित्व गर्ने समिति र आयोग नै सवैधानिक र न्यायोचित रहेको बताएका थिए ।

अन्य बक्ताहरु केसर बहादुर थापा, भरत थापा, राम कृष्ण राई, हिमाली राना, याम बहादुर लिम्बु , नारायण पुन लगायतका बक्ताहरुले बोलेका थिए ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %