टोकियो , जनवरि १८ – नेपाल आदिवासी जनजाति राष्ट्रिय आन्दोलन नेपालको नेतृत्वमा ०२ माघ २०७१, शुक्रबार आयोजना गरिएको शान्तिपूर्ण आन्दोलन माथि सरकारको पक्षबाट गृहमन्त्रीको ठाडो आदेशमा नेपालका सुरक्षाकर्मीहरुद्वारा चरम दमन गरिएको समचारले विश्वाको बिभिन्न देशहरुमा बसोबास गरि बस्ने हामी लाखौं आदिवासी जनजातिहरुलाई गम्भीर तुल्याएको छ ।
साथै सरकारले उक्त शान्तिपूर्ण आनन्दोलन माथि गरेको धर पकडको नेपाल आदिवासी जनजाति महासंघ जापान घोर आपत्ति सहित निन्दा र भत्सर्ना गर्दछ ।
बिभिन्न जातजाति तथा धर्महरु मिलेरा बनिएको मुलुकमा हामीले आफ्नो अधिकारको माग राख्दै गरिएको शान्तिपूर्ण आन्दोलनमा सहभागी आन्दोलनकारीहरु माथि राज्यको पक्षबाट लाठी चार्ज र धरपकड गरि गम्भीर दमन गरिनु यो कस्तो किसिमको शासन व्यबस्था हो ?
लोकतान्त्रिक गणतन्त्र घोषित मुलुकमा कुनै पनि समुह र पक्ष वा दलहरुले आफ्नो अधिकारको माग गर्दै शान्तिपूर्ण आन्दोलन गर्न पाउने त्यो उसको नैसर्गिग अधिकार हो ।
२५० वर्षदेखि उत्पिडनमा पारिएका हामी आम आदिवासी जनजाति, मधेसी, दलित, मुस्लिम, सिमान्तकृत जनता,पिछडावर्ग,महिला सबैको हित गर्ने समान अधिकार प्रत्याभूत गराउन शान्तिपूर्ण आनन्दोलन गरिरहंदा राज्य पक्षको यस्तो चरम दमनले हामी डेड करोड आदिवासी जनजातिहरु मात्र नभएर आम उत्पिडितवर्गहरुको ध्यान केन्द्रीत गराएको छ ।
सरकारले यस किसिमको तानाशाही चरित्र देखाई रहने हो र शान्तिपूर्ण आन्दोलन माथि चरम दमन गरि रहे हामी विदेशमा रहेका आम लाखौं आदिवासी जनजातिहरुले आफ्नो आत्मरक्षाको लागि जस्तो किसिमको कदम चाल्न पनि तयार रहने कुरा अग्रिम जानकारीको रुपमा अवगत गराउंदछौं ।
भबदिय,
पासाङ शेर्पा
सह-अध्यक्ष
नेपाल आदिवासी जनजाति महासंघ जापान ।