पौष २० गते
नेपाल पत्रकार महासंघ पाल्पाको १९ औं शाखा स्थापना दिवसको अवसरमा आदिवासी जनजाति पत्रकार संघ (अनिज) पाल्पाका अध्यक्ष,श्रीनगर एफएमका स्टेशन म्यानेजर तथा राज्यसत्ता डटकमका सहयात्री देब पचभैयामगर वैकुण्ठध्वज पत्रकारीता पुरस्कारबाट सम्मानित भएकाछन् ।
क्रमश बाँयाबाट दाँया देव, हरि र रिखी
प्रजातन्त्र सेनानी तानसेन भगवतीटोलका वैकुण्ठध्वज राजलवटका नाती पुराना पत्रकार भुषण राजलवटले स्थापना गरेको यो पुरस्कार पत्रकारीताको माध्यमबाट प्रजातन्त्र र लोकतन्त्र बलियो बनाउने पत्रकारलाई हरेकवर्ष प्रदान गरिन्छ । पत्रकार महासंघ पाल्पाका संस्थापक अध्यक्ष पत्रकार सेनानी मेघराज शर्मा र सभासद कुलप्रशाद नेपालले ३५ सय नगद ,दोसल्ला र प्रमाणपत्रले पचभैयालाई सम्मानित गरेकाथिए । पचभैया बिगत दश बर्षदेखि पत्रकारीतामा सक्रिय छन् ।
त्यसैगरि पुराना पत्रकार तथा बुद्धिजीवी बुद्धीप्रसाद शर्माले आफ्नो बाबुआमाको नाममा स्थापना गरेको देवीभक्त चोल कुमारी सामाजिक सेवा पत्रकारीता पुरस्कारबाट अनिज पाल्पाका सचिव हरिबहादुर सारुलाई सम्मानित गरेको छ । दुई हजार नगद र प्रमाणपत्रले सम्मानित सारु पत्रकार महासंग पाल्पाका कार्यसमिती सदस्य र हङकङ्ग बाट संचालित हड.कड.नेपाली डकटमसंग आबद्ध छन् ।
साथै, वैकुण्ठध्वज पत्रकारीता पुरस्कारबाट अनिज पाल्पाका सल्लाहकार राजेन्द्र लिगल र नेपाल पत्रकार महासंघ रुपन्देहिका पुर्व अध्यक्ष विनोद पहाडिले स्थापना गरेको सामाजिक जागरण पत्रकारीता पुरस्कारबाट अनिज पाल्पाका सदस्य अनिल लिगललाई सम्मान गरिएको छ । त्यसैगरि नवसंवाद साप्ताहिकका रिखीराम रानालाई पनि सम्मान गरिएकोछ ।
गत साल पुरस्कार बितरणमा समेत राजदैतिक भागबन्डाले गर्दा पाल्पाका कुनै जनजाति पत्रकारले पुरस्कार पाएका थिएनन् । अनिज पाल्पाले पुरस्कार बितरणको बिरोध गरेपछि पत्रकार महासंघ पाल्पाले आफ्नो गल्ति स्विकारेकाथियो र आगामी दिनमा यस्तो गल्ती नगर्ने बाचा गरेको थियो । पाल्पामा ३० भन्दा बढि जनजाति सक्रिय रुपमा पत्रकारीता क्षेत्रमा सक्रिय छन् । त्यसमध्ये २३ जनाले मात्र पत्रकार महासंघको सदस्यता पाएका छन् ।
शाखा स्थापना दिवसकै अवसरमा पाल्पामा क्रियाशिल १४ जना पत्रकारलाई सम्मानित गरिएको थियो ।