कृष्ण सारू मगर
बहराईन , १६ जनावरी २०१५ – किराँत याक्थुम चुम्लुङ बहराईनले ५०७५ औँ नयाँ वर्ष ‘येले तङ्बे’ पर्व गत १६ जनावरी २०१५ का दिन मानमा स्थित सेवारो नेपाली रेस्टुरेन्टमा भब्य रुपमा संपन्न गरेको छ ।
येले तङ्बेका संस्थापक जितमान नेयोगको प्रमुख आतिथ्यमा कायर्क्रम सस्थाका अध्यक्ष तोया नाँथ सोम्बाहाम्फेको अध्यक्षतामा बिरेन तुम्बापोले स्वागत मन्तब्य दिएका थिए भने डिल्ली तुम्साले कार्यक्रम संचालन गरेका थिए ।
प्रमुख अतिथि तथा संस्थापक जितमान नेयोंगले आफ्नो ईतिहास, धर्म, संस्कृति, संस्कार, संरक्षण-संवर्द्धनलाई विशेष टेवा दिँदै, किराँत धर्मालम्विहरूको ५०७५ औँ नयाँ वर्ष अर्थात, येले तङ्बे किराँतीहरुको कक्फेवा तंगनाम महान पर्वको बारेमा प्रस्ट पारेका थिए ।
सोही शुभ अवसरमा जातिय संगठन एकता, स्थापना आवस्यक किन छ त ? भन्ने बारे सस्थाका सल्लाहाकार तथा आदिवासी जनजाति महासंघ बहराईनका कोषाध्यक्ष समेत रहेका झहरमान थेबेले बताएका थिए । उनले वर्तमान परिपेक्षमा एकात्मकबादि राज्य संचालकहरूले हामी नेपाली भुमिपुत्र प्रति बिभिन्न कोण बाट गरिएको शोषण ,दमन र अन्याय, अत्याचार सहन नसक्ने बताए । हामी नेपालको भुमिमा आदिमकाल देखी बसोवास गर्दै आईरहेका आदिवासी जनजाति तथा पहिचावादी शक्तिहरू प्रति अहम भुमिका निर्वाह गर्दै हाम्रो एउटै देशका नागरिकहरू पनि मालिक र दासीको रूपमा रहेको हुनाले अव प्रवासमा रहेरै पनि आफ्नो लुटिएको अधिकार प्राप्तिको लागी नेपालमा भैरहेको राष्ट्रिय आन्दोलनमा पुर्ण समर्थन र सहयोग समेत रहने प्रस्टाएका थिए ।
अर्का बक्ता क्रमा नेम्बांगले पनि झहर थेवेको प्रगतिशिल बिचार प्रति सन्तुष्ट जनाउँदै प्रवासमा रहेर पनि हामी आफ्नो मौलिक परम्परा भाषा, धर्म, संस्कृति, संस्कार, लाई जगेर्ना गर्दै एकता नै शक्ति को रूपमा मजबुत हुन्छ भन्दै आफनो धारणा राखेका थिए ।
कार्यक्रमको अन्तमा ईतिहासको कालखण्डमा हाम्रा पुर्खाहरूले जिविकोपार्जनका लागी प्रयोग गरेका खाध्य पदार्थ तरुल-भ्यागुर लगायत बिभिन्न परिकारहरूका साथमा मौलिक परम्परागत ख्याली, धान नाच नृत्य जस्ता साँस्कृतिक मनोरन्जन संग रम्दै एक आपसमा शुभ-कामना आदान, प्रदान गरी समापन गरिएको सोही संस्थाका सल्हाकर झहरमान थेवेले राज्यसत्ता डटकम लाई जानकारी दिए ।