४० हजारको उपाधि जनशक्ति कपुर्दीलाई

Read Time:3 Minute, 29 Second

कलाकारले नचाए गल्याङ्वासीलाई  ।

विनोद रखाली मगर , 

  स्याङ्जा , माघ २ – मोफसलमै सर्वाधिक धन रासीको अन्तर क्लव स्तरीय भलिवल प्रतियोगिताको उपाधि जनशक्ति युवा क्लव कपुर्दी पेलाकोटले उचालेको छ ।

उसले अन्तिममा आयोजक नेपाल मगर युवा संघ लाई सोझो ३ सेट हात पार्दै उपाधि सङ्गै नगद रु. ४० हजार सहित शिल्ड, मेडल तथा प्रमाणपत्र हात पारेको हो । उप विजेतामा चित्त वुझाउदै आयोजक नेपाल मगर युवा संघले नगद रु.२० हजार ,शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ । यता सिर्सेकोट डाँडाखर्कमा रहेको चक्रदेवि युवा क्लवले तृतीय स्थान सुरक्षित गर्दै नगद रु.१० हजार शिल्ड , मेडल तथा प्रमाणपत्र प्राप्त गर्यो । लाङ्घाली जर्घा समुह सेँजु पाल्पाले सान्त्वना स्थान ओगट्दै नगद रु.५ हजार , शिल्ड, मेडल तथा प्रमाणपत्र हात पारेको छ ।

  प्रतियोगिता भर उत्कृष्ट खेल प्रस्तुत गर्दै जनशक्ति युवा क्लव कपुर्दीका टिम क्याप्टेन सुमन थापा मगर सर्वोकृष्ट खेलाडी घोषित भए । उनले अवार्ड सङ्गै नगद रु.२ हजार तथा ट्रफी प्राप्त गरे ।  

नेपाल मगर युवा संघ गल्याङ्को ११ औं वार्षिक उत्सवको अवशरमा आयोजना गरेको अन्तर क्लव स्तरीय भलिवल प्रतियोगितामा कुल ४० समुहको सहभागिता रहेको मगर युवा संघ गल्याङ्का अध्यक्ष डोल थापा मगरको भनाई छ । पौष २५ गते नेपाल मगर संघका केन्द्रिय महासचिव नविन रोका मगरले उद्धघाटन गरेको उक्त कार्यक्रमको समापन मगर समुदायको महान् पर्व माघेसक्रान्तिमा गरिएको हो ।  

  समापन कार्यक्रममा राष्ट्रिय लोक दोहोरी गायिका निरु श्रीष मगर, लोक पप गायिका तारा श्रीष मगर , हाँस्यनृत्यकार चेन आले मगरको वेजोड साँस्कृतीक प्रस्तुतीमा गल्याङ्वासी झुमेका थिए । खचाखच दर्शकले भरिएको वुटवल पावर कम्पनिको खेल मैदानमा कलाकारहरुको साथमा स्थानिय कलाकारहरुले आफ्नो सांस्कृतिक प्रस्तुती प्रस्तुत गरेका थिए ।

कार्यक्रमकै अवशरमा गल्याङ् वजार व्यवस्थापन समितिका नवनिर्वाचित अध्यक्ष जनक श्रेष्ठ, नेपाल मगर संघ गल्याङ्का अध्यक्ष जैसीङ् राना मगर लगाएतले वोलेका थिए । नेपाल मगर युवा संघ गल्याङ्का अध्यक्ष डोलु थापा मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रमको औपचारिक सन्चालन कृष्ण कामु मगर र सांस्कृतिक कार्यक्रम विनोद रखाली मगरले गरेका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %