बेलायती मगरले मनाए सार ल्हेस (माघे सक्रान्ती)२०७१

Read Time:2 Minute, 12 Second

बिजय हितान  

  बेलायत , जनवरि १५ –  मगर समुदायको राष्ट्रिय पर्ब सार ल्हेस  (माघे सक्रान्ति)लाई बेलायतको केन्टमा रहने मगरहरुले गत शनिबार १० जनवरिको दिन एक भब्य कार्यक्रमको आयोजना गरेर मनाए।

मगर संघ यू के का अध्यक्ष दुत पुन र आश्फोर्ड नेपाली समाजका अध्यक्ष श्री प्रशाद लिम्बु को आतिथ्यमा सम्पन्न उक्त पर्ब बिबिध कार्यक्रममाझ सम्पन्न भयो । नजिकको खोलामा स्नान, ब्रत बस्दै,  तरुल र खिचडिको सेवन गर्दै, आफ्न पित्रिलाई सम्झने यस धार्मिक पर्ब हरेक बर्षको माघ एक गते मनाइन्छ ।

  बेलायतको कार्य ब्यस्तताको कारणले बास्तविक दिन भन्दा केही दिन अगाडि मनाइएको यस माघे सक्रान्तीमा, मगर संघ यू के केन्ट साखाले घन थापा र ओम कुमारी पुर्जालाई २०१४ को मगर पुरुष र मगर महिलाको उपाधिले सम्मान गर्यो। त्यसैगरि एक दर्जनभन्दा बढी उत्क्रिस्ट विद्यार्थीहरुलाई प्रमाणपत्रले सम्मान गरियो । मगर भवन खरिदमा आर्थिक सहयोग पुर्याउने महानुभावहरुलाइ कदर पत्रहरु पनि बितरण गरिएको थियो ।  

यस दिन केन्ट साखाको ९ औं स्थापनाको दिन पनि परेको हुनाले केक काटेर जन्मोत्सव पनि मनाइयो । उत्तर मगरको अद्धछ्यतामा नव निर्बाचित कार्य समितिका सदस्यहरुलाई दुत पुनद्वारा खादा ओडाएर स्वागत गरियो। भान्जा भान्जिहरु द्वारा प्रस्तुत बिबिध सास्कृतिक कार्यक्रमको अवलोकन गर्दै र तरुल तथा खिचडिको सेवन गर्दै यस बर्षको माघे सक्रान्ती भब्यताका साथ मनाइयो ।   

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %