आयोजक मगर युवा संघ फाइनल प्रवेश

Read Time:3 Minute, 20 Second

भोलि फाइनल, निरु,तारा,चेन मगरले स्टेज तताउने ।

विनोद रखाली मगर

  गल्याङ् , पौष ३० – पाहुना टोली लाङ्घाली जर्घा समुह हुँगी पाल्पालाई निकै दवावका विच घरेलु टोली आयोजक नेपाल मगर युवा संघले अन्तिम दुईमा आफ्नो स्थान पक्का गरेको छ ।

आजको पहिलो सेमिफाइलन खेलमा जर्घा समुहले पहिलो सेट आफ्नो पक्षमा पारेको थियो , दोस्रो सेट मगर युवा संघले हात पार्यो, तेस्रो सेट पुन जर्घा समुहले निकै कठिनका साथ आफनो कव्जामा पारेको थियो । अन्तत जर्घा समुहको निकै चुनौतीका विच आयोजक नेपाल मगर युवा संघले पछिल्लो दुई सेट आफ्नो पक्षमा पार्दै अन्तिम दुईमा स्थान पक्का गरेको हो ।

यता जनशक्ति युवा क्लव पेलाकोट कपुर्दी र चक्रदेवी युवा क्लव डाँडाखर्क सिर्सेकोट सेमिफाइनल प्रवेश गरेका छन् । भोलि द्रोस्रो समिफाइनल खेलमा यी दुई क्लव विच हुनेछ । जसले वाजी मार्नेछ उक्त क्लव फाइनल प्रवेश गर्नेछ । उसले मगर युवा संघ सङ्ग अन्तिममा उपाधिका लागी प्रतिस्पर्धा गर्नुपर्नेछ ।

 

“भेषभूषा भाषा कला संस्कृतिको सरक्षंण सहित स्वास्थ्यको लागि खेलकुद” भन्ने मूल उद्धघोषका साथ आयोजना गरीएको भलिवल प्रतियोगितामा विजेताले नगद रु. ४० हजार, शिल्ड , मेडल तथा प्रमाणपत्र, उपविजेताले नगद रु.२० हजार , शिल्ड मेडल तथा प्रमाणपत्र , तृतिय समुहले नगद रु. १० हजार , शिल्ड, मेडल तथा प्रमाणपत्र र सान्त्वना समुहले नगद रु. ५ हजार शिल्ड मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।

खेल अवधिभर उत्कृष्ट खेल प्रदशन गर्ने खेलाडीले नगद रु. २ हजार तथा ट्रफि हात पार्नेछन् ।

 

  मगर समुदायको मुख्य पर्व माघे सक्रान्ति अर्थात माघ १ गते विविध सास्ंकृतिक प्रस्तुतिहरुका साथ समापन हुनेछ । माघे सक्रान्तिको दिन लोक दोहोरी क्षेत्रका राष्ट्रिय कलाकार निरु श्रिष मगर, पप गायिका तारा श्रिष मगर , हास्ँयकलाकार चेन आले मगर लगाएत स्थानिय कलाकारहरुले मगर सस्ंकृति झल्किने विविध सांस्कृतिक प्रस्तुतीहरु प्रस्तुत सांस्कृतिक उप समितिका सयोंजक राम थापाको भनाई छ । खेल वुटवल पावर कम्पनीको खेल मैदान गल्याङ्मा भैरहेको हो ।

हाल सम्म ४० क्लवको सहभागिता रहेको खेल सयोंजक पवन राना मगरको को भनाई छ ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %