आयोजक कपूर्दी टिम क्वाटरफाइलन प्रवेश

Read Time:3 Minute, 23 Second

विनोद रखाली मगर

गल्याङ् , पौष २९ – गल्याङ्मा जारी रु. ४० हजार राशिको अन्तर क्लव स्तरीय भलिवल प्रतियोगितामा प्रिक्वाटरफाइनलका विभिन्न ६ खेल सम्पन्न भएका छन् ।

  नेपाल मगर युवा संघ इकाई समिती गल्याङ्ले आफ्नो ११ औं वार्षिक उत्सव तथा माँघे सक्रान्तिको अवशरमा आयोजित क्लव स्तरीय भलिवल प्रतियोगिताको आज पाचौँ दिन आयोजक नेपाल मगर युवा संघले मतिचौर निवुवाखर्कलाई निकै दवावका साथ विजयी हासिल गरेको छ । जनशक्ति युवा क्लव कपुर्दी ले गल्द्यो युवा क्लवमाथि आफ्नो कव्जा जमाएको छ । चिढ्यार तिनदोवाटेलाई पराजीत गर्दै नवज्योती युवा क्लव रीप अन्तिम आठमा स्थान सुरक्षित गरेको छ । गराङ्दी भज्याङ् लाई पछाडी पार्दै वराल समाज विजयी भएको छ । जनशक्ति युवा क्लव इलुङ्गाले सहारा युवा क्लव ग्वादी माथि निकै दवावका साथ अन्तिम आठमा स्थान सुरक्षित गरेको हो । यता लाङ्घाली जर्घा समुह सेँजु पाल्पाले नवज्योती युवा क्लव गराङ्दी रीप वि लाई पराजीत गर्दै क्वाटरफाइनल प्रवेश गरेको छ ।

भेषभूषा भाषा कला संस्कृतिको सरक्षंण सहित स्वास्थ्यको लागि खेलकुद भन्ने मूल उद्धघोषका साथ आयोजना गरीएको भलिवल प्रतियोगितामा विजेताले नगद रु. ४० हजार, शिल्ड , मेडल तथा प्रमाणपत्र, उपविजेताले नगद रु.२० हजार , शिल्ड मेडल तथा प्रमाणपत्र , तृतिय समुहले नगद रु. १० हजार , शिल्ड, मेडल तथा प्रमाणपत्र र सान्त्वना समुहले नगद रु. ५ हजार शिल्ड मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । खेल अवधिभर उत्कृष्ट खेल प्रदशन गर्ने खेलाडीले नगद रु. २ हजार तथा ट्रफि हात पार्नेछन् ।

मगर समुदायको मुख्य पर्व माँघे सक्रान्ति अर्थात माघ १ गते विविध सास्ंकृतिक प्रस्तुतिहरुका साथ समापन हुनेछ । माघे सक्रान्तिको दिन लोक दोहोरी क्षेत्रका राष्ट्रिय कलाकार निरु श्रिष मगर, पप गायिका तारा श्रिष मगर , हास्ँयकलाकार चेन आले मगर लगाएत स्थानिय कलाकारहरुले मगर सस्ंकृति झल्किने विविध सांस्कृतिक प्रस्तुतीहरु प्रस्तुत हुने सांस्कृतिक उप समितिका सयोंजक राम थापाको भनाई छ ।

खेल वुटवल पावर कम्पनीको खेल मैदान गल्याङ्मा भैरहेको हो । हाल सम्म ४० क्लवको सहभागिता रहेको खेल सयोंजक पवन राना मगरको को भनाई छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %