मगर संघ कतारको माघी

Read Time:10 Minute, 41 Second

रमेश कनौजेमगर, कतार

नेपाल प्रवासी मगर संघ दोहा कतारले मगरहरुको प्रमुख चाड माघी–२०७१ केन्द्रिय कोषाध्यक्ष लिलम्बर चिदीमगरको संयोजकत्वमा मगर तथा गैर मगरहरुको ब्यापक सहभागीतामा मगर परिकारहरु सेलरोटी, तरुल, अचार, फलफुल, खाना लगायतका खानपिनका साथ २०१५ जनवरी ९ तारिकमा समाल पब्लिक गार्डेनमा मनाइएको छ । केन्द्रिय अध्यक्ष शरण थापामगरको अध्यक्षतामा भएको उक्त कार्यक्रम केन्द्रिय महासचिव रमेश कनौजेमगरले सञ्चालन गरेका थिए । १३०० जना भन्दा बढीको सहभागीतामा मनाइएको उक्त माघी कार्यक्रममा प्रमुख अतिथी नेपाल प्रवासी आदिवासी जनजाती महासंघ कतारका अध्यक्ष सियाराम चौधरी, बिशिष्ट अतिथीमा मगर संघका प्रमुख सल्लाहकार भिम तरामुमगर र कतारबासी मगरहरुका २०१४/१५ का सांस्कृतिक बाङ केशव रानामगर र एन आर एन ए (एन. सी. सी.) कतारका सचिवालय सदस्य ई. प्रेम सिटौला रहेका थिए ।
त्यस्तैगरी अतिथिहरुमा नेपाली एकता समाजका कोषाध्यक्ष कलाधर घिमिरे, किराँत याक्थुङ चुम्लुङका सह–कोषाध्यक्ष खड्ग खजुम, तमु(गुरुङ) सेवा समाजका अध्यक्ष कृष्ण तमू, नेपाल प्रवासी तामाङ सेवा समाजका एक्सन लामा, थारु कल्याणकारिणी सभाका श्यामलाल चौधरी, माझी सेवा समाजका केशर माझी, खस क्षेत्री सेवा समाजका सचिव खगेन्द्र कार्की, प्युठान सेवा समाजका अध्यक्ष छबिलाल प्युठानी, गुल्मी सेवा समाजका अध्यक्ष शिब खड्का, पर्वत युवा सेवा समाजका नविन पौडेल, खोटाङ सेवा समाजका सचिव कैलाश क्षेष्ठ, बाग्लुङ सेवा समाजका सल्लाहकार सदस्य मिल के.सी., दाङ देउखुरी सेवा समाजका प्रथम उपाध्यक्ष बसन्त पुरी, पाल्पाली सेवा समाजका सचिव दुर्गा अधिकारी, मोरङ सुनसरी सेवा समाजका सह सचिव श्रीराम निरौला, ओखलढुगा सेवा समाजका अध्यक्ष अशोक सिङदम, धनकुटा सेवा समाजका सह कोषाध्यक्ष डिल्लिराम सुवेदी, नेपाल प्रवासी श्रमिक संघका सचिव पदम पाख्रिन उदयपुर सेवा समाजका राज राई रहेका थिए ।

अतिथी कै क्रममा संघका संस्थापक सदस्य नारायण रानामगर, सल्लाहकार सदस्यहरु जनक थापामगर, गिरी काउछामगर, संघका मानार्थ सदस्य बबिन राई, टेक ब. रसाइली, दोहा एरिया समितीका अध्यक्ष रविन मगर, सनैया “ए” एरिया समितीका अध्यक्ष मिन ब. मगर, सनैया “बी” एरिया समितीका अध्यक्ष मदन आलेमगर, अबुहमुर एरिया समितीका अध्यक्ष चित्र ब. मगर, सइलिया एरिया समितीका अध्यक्ष गोबिन्द मगर, पुर्व सल्लाहकार सदस्य मनिराज पुनमगर, पुर्व प्रमुख सल्लाहकार दुर्गा पाङमीमगर ।

अतिथीहरुको आशन ग्रहण भईसके पश्चात कार्यक्रमका प्रमुख अतिथी र अध्यक्षद्धारा संयुक्त रुपमा व्यानर अनावरण तथा दिप प्रज्वलन गर्नुभएर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा राष्ट्रप्रेम भावले राष्ट्रिय गान र मगर गान गाईसकेपछी कार्यक्रमका संयोजक लिलम्बर चिदीमगरले स्वागत मन्तव्य तथा कार्यक्रम बारे जानकारी दिएक थिए ।
मगर बाङ रविन मगरको पोल्टामा

माघी कार्यक्रममा कार्यक्रमको रुप परिवर्तन गर्दै खाना खाए पछी डोरी तान्ने, हाँडी फोर्ने (महिला मात्र), (मगर संघको कुनै पनि समितीमा रहेर काम गरिरहेको÷गरिसकेको मात्र), जस्ता खेलकुद प्रतियोगीता गरिएको थियो । उक्त खेलहरुमा डोरी तान्नेमा १२ टिम मध्ये खर ब. रोकामगर, पुर्ण प्रसाद जुगजालीमगर, टेक प्रसाद रोकामगर, नवराज लिम्बु, भुवन मगर रहेको टिमले विजय प्राप्त गरेको थियो भने हाँडी फुटाउनेमा १२ जना मध्ये मञ्जु बलाल मगर विजयी हुनुभएको थियो । त्यस्तैगरी डौडमा ६ जना मध्ये दोहा एरिया समितीका अध्यक्ष रबिन मगर प्रथम हुनुभएर यस पटकको २०१५÷१६ को कतारबासी मगरहरुको सांस्कृतिक बाङ आफ्नो पोल्टामा पार्नुभएको थियो । खेलकुद कार्यक्रमको संयोजक कृष्ण रानामगर हुनुहुन्थ्यो ।

सांस्कृतिक कार्यक्रमको रौनक

मगरहरु कला र संस्कृतीमा धनी रहेको जाती हो । हामीमा रहेको संस्कृती संरक्षण र सम्बद्र्ध गर्नुपर्छ भन्ने अभिप्रायले सधैं झैं यस कार्यक्रममा पनि सोरठी, कौडा, सालैजो हुर्रा, बिभिन्न लोकगीत लगाायत दर्जन भन्दा बढी बिभिन्न मगर संस्कृती झल्कने सांस्कृतिक कार्यक्रम गरिनुका साथै बिभिन्न कमेडी, आधुनिक र चलचित्रका गीतहरुमा गाएर, नाचेर कलाकारहरुले भरपूर मनोरञ्जन प्रदान गर्नुभएको थियो । उक्त कार्यक्रममा प्रस्तुतीहरुको जनक थापामगर, बबिन राई र अजय लिम्बुले नृत्य निर्देशन गर्नुभएको थियोे । नेपालको पुर्व देखी पश्चिम सम्म नाच्ने बिभिन्न प्रस्तुतीहरु हुर्रा, कौराहा, सोरठी र सालैजो नाचमा कलाकारहरुको प्रस्तुतीमा दर्शकहरु छमछमी नाच्न बाध्य भएको थियो । कार्यक्रममा गैर आवासीय नेपाली नृत्य तारा २०१३ कतारका दिपक मगरको प्रस्तुतीले कार्यक्रमको स्तरीयता उच्च बनाएको थियो । कार्यक्रममा लक्की बिष्ट, दिपक मगर, युवराज वली र रोहित कुमारको सामुहिक ब्रेक डान्सले कार्यक्रमलाई अझ रौनक बनाएको थियो भने देव पुलामीमगरको ब्रेक डान्स, गणेश तामाङको हिप अप अनी कमल परियारको क्यान्डल तथा ट्युवलाइट अनी सानु मगरको नाचले दर्शकहरुलाई मनोरञ्जनमा चुर्लुम्म डुबाएको थियो ।
त्यस्तैगरी कार्यक्रममा विजय रानापाइली, सोम थापामगर, विजय मिरिङचिङमगर, बालबिक्रम थापामगर को सुमधुर स्वरमा दर्शकहरु मन्त्रमुग्ध भएर मनोरञ्जन लिएको थियो । कार्यक्रममा कलाकारहरु टेक रसाइली, मोहन मगर, राजन रसाइली, कञ्चन राई, रुबिना तामाङ, रबिन पुर्जामगर, अनु राउत, रबि मगर, माया तामाङ, रोशिका तामाङ, सिता मगर, बिना मगर, मञ्जु मगर, केशव रानामगर थिए । कार्यक्रममा अझ सांस्कृतिक कार्यक्रमका सञ्चालक डि. एन. पाङमीमगर र सम्झना रानामगरले पेट मिची मिची हँसाउँदै कार्यक्रमलाई रौनक बनाइएको थियो । सांस्कृतिक कार्यक्रमको संयोजक जनक थापामगर थिए ।

राहत कोष संकलन

विभिन्न भैपरी समस्याहरुमा संघले आवश्यकता अनुसार राहत दिनको लागी संघले ३१ औं मगर दिसको अवसरमा राहत कोष स्थापना गरेको थियो । राहत कोषमा दान दिन इच्छुक महानुभावहरुबाट संकलन गर्ने परिपाटी रहेको उक्त राहत कोष संकलनमा कार्यक्रममा आतिथ्य आउनुभएका तथा सहभागीबाट २१०१ कतारी रियाल राहत कोषको लागी सहयोग संकलन भएको थियो ।

कानुङ गुमस्था चलचित्रको शुभ मुहुर्त

उक्त कार्यक्रममा कतारमै बन्न लागेको चलचित्र “कानुङ गुमस्था” चलचित्रको पनि शुभ मुहुर्त गरिएको थियो । उक्त चलचित्र मगरहरुको संस्कृति र बिदेशमा रहेको संघ संस्था सँग सम्बन्धित रहेको चलचित्रका निर्देशक दुर्गा पाङमीमगरले जानकारी दिनुभयो ।

कार्यक्रममा प्रायोजन

माघी पर्व २०७१ कार्यक्रमको लागीे मनिराज पुनमगर र मिलन घर्तीमगरले पिउने पानीको प्रायोजन गर्नुभएको थियो भने ब्यानरको लागी रबिन मगरले प्रायोजन गर्नुभएको थियो । त्यस्तैगरी बस तर्फ धनकुटा सेवा समाज, नन्द गर्बुजामगर, रामहरि गैह्रे, मक्सुद आलम, झबिन्द्र आचार्य, केशव घर्तीमगर, पदम थापामगर, निर्मला राई, दिपक पुलामीमगर आदिले प्रायोजन गर्नुभएको थियो । त्यस्तैगरी सहयोगीहरुमा खेलको लागी पुरस्कार सोम थापामगर, यातायातमा होम घले, हेम बगाले, डिल्ली कुमार सुवेदी, रोशन यादव विजय रानापाल, तिर्थ राई, टेक रसाइली, जिवन मगर, जुमान सिंह मगर हुनुहुन्थ्यो । कार्यक्रमको अन्तमा सभापतीद्धारा उपस्थितीमा धन्यबाद सहित आगामी बर्षको माघी पनि यसरी नै मनाउने वाचा सहित कार्यक्रमको अन्त्य भएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %