सुडानको डाफरमा खटिएका प्रहरीका लागि आवश्यक सामाग्री पठाउन मन्त्रीपरिषद् वैठकमा छलफल

Read Time:2 Minute, 24 Second

काठमाडौँ, २० पुस

प्रधानमन्त्री निवास बालुबाटारमा आज बिहान बसेको मन्त्रिपरिषद्को बैठकमा राष्ट्रसङ्घीय शान्ति स्थापनार्थ सुडानको डाफरमा खटिएको नेपाल प्रहरीका लागि आवश्यक पर्ने नयाँ सामग्री पठाउने विषयमा छलफल भएको छ ।

सो स्थानमा खटिएका नेपाल प्रहरीको मिसनका लागि नयाँ सामग्रीको अभाव एवम् पुराना सामग्रीको मर्मत नहुँदा कार्यसम्पादन गर्न मिसनलाई अप्ठ्यारो परिरहेको बताइएको छ ।

नयाँ सामग्री कसरी र कुन प्रक्रियाबाट पठाउने र विगतमा पठाइएका सामग्रीले किन काम गरेन भन्ने विषयमा बैठकमा छलफल भएको सूचना तथा सञ्चार मन्त्री एवम् नेपाल सरकारका प्रवक्ता शङ्कर पोखरेलले सञ्चारकर्मीलाई जानकारी दिए  ।

उनले भने ‘विगतमा पठाइएका सामग्रीका बारेमा व्यवस्थापिका–संसद्, राज्य व्यवस्था समितिले पनि छानविन गरी प्रतिवेदनसमेत बुझाइसकेको सन्दर्भमा प्रतिवेदनका सुझाव कार्यान्वयनका बारेमा छलफल भयो ।’

विगतमा पठाइएका सामग्री खरिद प्रक्रियाका बारेमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन प्रक्रिया अगाडि बढाइरहेको सन्दर्भमा पनि नयाँ सामग्री कसरी पठाउने विषयमा बैठकमा छलफल भएको प्रवक्ता पोखरेलले जानकारी दिए  ।

संयुक्त राष्ट्र सङ्घीय मिसन (अनमिन) को समयावधि थप गर्ने विषयमा बैठकमा छलफल भए नभएबारे सञ्चारकर्मीद्वारा सोधिएको जिज्ञासामा उनले यस विषयमा कुराकानी नभएको बताए  ।

प्रधानमन्त्री माधवकुमार नेपालको पूर्वाञ्चल भ्रमणका कारण मन्त्रिपरिषद्को बिहानको बैठक स्थगित भएको छ । पूर्वाञ्चल विश्वविद्यालयको वार्षिक दीक्षान्त समारोहमा सरिक भई आजै राजधानी फर्केपछि मन्त्रिपरिषद्को बैठक बेलुकी पुनः बस्ने जनाइएको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %