कृष्ण सारु मगर
११जनवरी २०१५,बहराइन
गत ९ जनवरीका दिन बहराईनको राजधानी मानमा स्थिति सित्तल नेपाली रेष्टुरेन्टको सभा हलमा बाग्लुङ सेवा समाज बहराईनले ३० सदस्यीय कार्यसमिति सहितको दोस्रो साधारण सभा सभ्य तथा भव्य रूपमा सम्पन्न गरेको छ ।
उक्त कार्यक्रमको सभापतित्व यस संस्थाका अध्यक्ष ओम पुन मगरले गरेका थिए भने कार्यक्रम संचालन महासचिव कृष्ण हमालले गरेका थिए ।
प्रमुख अथिति एन आर एन महासचिव काजी थापा मगर र विशेष अथिति चितवन सेवा समाज बहराईनका अध्यक्ष क्षेत्र देवकोटा बाट संस्थाको व्यानर उद्घाटन भएको थियो । कार्यक्रममा बहराईनमा स्थापित बिभिन्न संघ, संस्था संगठनहरूका अतिथि पत्रकार वंधु समेतको गरिमामय उपसथिति रहेको थियो ।
जिवन रोका मगर बाट स्वागत मन्तव्य दिँदै सुरु भएको थियो । प्रमुख अथिति मगरले सबै बाग्लुङवासीहरूमा एउटा नौलो किसिमले राम्रा-राम्रा उदाहरणीय कामको प्रशंसा गर्दै यहाँहरू सबैमा उर्जा पैदा होस् नयाँ कार्यसमितिले कार्यकाल पुरा गर्न सक्षम रहोस भनि शुभकामना दिएका थिए ।
यसै संन्दर्भमा विशेष अथिति क्षेत्र देवकोटाले बाग्लुङ र चितवन भिन्दै पहिचान र संबन्ध रहेकोले आउँदा दिनहरूमा अझ प्रगाढ हुने अपेक्षा सहित आफ्नो ब्याक्तिगत एवं संस्थागत रूपमा सदैव अटुट संबन्ध कायम राख्दै सद्भाव, सहकार्य, एकता यस कर्मस्थलमा स्थापित बिभिन्न संघ, संस्था संगठनहरू पवित्र फुलवारीका एउटै बगैचा हौँ । सुन्दर फुल झै हाम्रो संस्था धागो र फुल “मित”को संज्ञा दिएका थिए ।
यस संस्था संस्थापक अध्यक्ष तथा प्रमुख सल्लाहकार लाल बहादुर पाठकले निसी, भुजी, देखि ढोरपाटन, बाटका चौर, बलेवा, लगायत सबै बाग्लुङवासीहरूलाई एउटै सुत्रमा बाँध्न सफल भयौँ बहराईनलाई कर्म थलोको रूपमा रहेका सबै बाग्लुङवासी एवंम उपस्थित सम्पुर्ण आदरणिय दाजु-भाई, तथा दिदी-बहिनीहरुमा हार्दिक आभार ब्यक्त गर्दै विशेष धन्यावाद दिँदै भने, हाम्रो समाजिक संस्थाको उद्धेश्य “पद” भन्दा (काम, कर्तव्य, महत्वपुर्ण एजेन्डा) हो भन्दै बाग्लुङ कालिका मन्दिरको हाता भित्र घन्टा राख्ने निर्माण कार्यसमिति तथा शुभेच्छुक एवं सम्पूर्ण सह्योगदाता महानुभावहरू तथा निर्माण कार्यसमितिका परिवारले गरेको सह्रानिय अहम भुमिका प्रति अन्तर हृदय देखी नै सदैव ऋणि रहेको बताए ।
मन्तव्यकै क्रममा तिर्थ घर्ती मगर, दिपेन्द्र अधिकारी, करन थापा मगर, कुमार बि.क.ले शुभ-कामना दिएका थियो । वार्षिक आर्थिक प्रतिवेदन संस्थाका सह कोषध्यक्ष अमर पुन मगरले पेश गर्दै आफ्नो भनाई राखेका थिए । संस्थाको प्रगति वार्षिक प्रतिवेदन सचिव मन बहादुर पुन मगरले पेश गरेका थिए । ओम पुन मगर बाट आफ्नो नेतृत्वमा रहेको कार्य समिति भंग भएको जानकारी सहित नयाँ कार्य समिति चयन अनुमति दिदै खुल्ला सभा समाप्त भएको घोषणा गरेका थिए ।
साथै सुन्य समय राख्दै प्रमुख अथिति मगरले नयाँ कार्य समितिको नामावलीको विवरण निम्न प्रकारका रहेको जानकारी गराए ।
१)अध्यक्ष लाल बहादुर पाठक पैयुँपाँटा-८
२)प्रथम उपाध्यक्ष जिवन रोका मगर-अर्गल
३)द्धितिया उपाध्यक्ष भिम नेपाली-लेखखानी
४)महासचिव दिपेन्द्र अधिकारी-अमलाचौर
५)सचिव श्री थमन घर्ती मगर-अमरभुमी
६)सह:सचिव श्री कमल सिहं परियार
७)कोषाध्यक्ष कुलराज पौडेल-लेखखानी
८)सह:कोषाध्यक्ष अमर पुन मगर-लेखखानी
१)सदस्य रत्न हमाल-दमेक
२)सदस्य प्रसाद परियार-लामीचौर
३)सदस्य सालिकराम कडेँल-लेखखानी
४)सदस्य दयाराम कडेँल-बिहुँ
५)सदस्य भिम बहादुर मल्ल-पैयुँथन्थाप
६)सदस्य दिपेन्द्र कडेल-लेखखानी
७)सदस्य टंक कडेल-लेखखानी
८)सदस्य मनोज पुन मगर-देविस्थान
९)सदस्य ठगु राना मगर-नरेटाठी
१०)सदस्य रन बहादुर सुनार-गोल्कोट
११)सदस्य रमेश गिरी-अधिकारीचौर
१२)सदस्य अस्मिता प्रधान-बाग्लुङ
१३)आरती राई खडका-तित्याङ
१)मानार्थ जितु खडका र-तित्याङ सल्लाहकार समिति
१)प्रमुख सल्लाहकार ओम पुन मगर-बुङादोभान
२)सल्लाहकार कुमार बि.क.-बाग्लुङ न.पा.
३)सल्लाहकार तारापति कडेल-लेखखानी
४)सल्लाहकार सिवलाल कडेँल-लेखखानी ५)सल्लाहाकार हर्क बिक-छिस्ती ।
६)सल्लाहाकार कृष्ण श्रीस मगर-राङखानी
७)सल्लाहाकार कृष्ण हमाल-पैयुँथन्थाप
८)सल्लाहाकार मन बहादुर पुन मगर-तग्राम
नयाँ कार्यसमितिलाई प्रमुख अथिति बाट सपथ खुवाई स्वागत तथा शुभकामना दिएका थिए । भने नव निर्वाचित अध्यक्ष लाल बहादुर पाठक लाई प्रतिवद्धता जाहेर अनुमति दिँदै नयाँ जोस र जाँगरका साथ सम्पुर्ण संघ, संस्था संगठनहरू संग एकता सहकार्य गर्दै तिब्र गतिमा निरन्तरता रहने छ भन्दै नवगठित कार्यसमितिलाई बधाई तथा शुभकामना दिई साधरणसभा समापन भएको थियो ।
विधिपुर्वक उद्घाटनमा बाग्लुङ्ग कालिका मन्दिरलाई घण्टा प्रदान गरेका बाग्लुङ सेवा समाज बाग्लुङ अध्यक्ष तथा बहराईनका विशेष सहयोगी राजु केसीले सु-सम्पन्न भएको अबगत गराए ।
उक्त सह्योग प्रति बा.से.स.बहराईन परिवारलाई विशेष धन्यवाद समेत ब्यक्त गरेका बताए ।
यसरी बागलुङ सेवा समाज बहराइनको दोस्रो साधारणसभा भब्य र सभ्य रूपमा सम्पन्न भएको छ ।
आगामी दिनमा यस संस्थालाई कसरी अगाडी बढ्ने हुन् त्यो भने पर्खनै पर्ने हुन्छ ।