शुशी पुलामी, ७ जनवरी युएई
नेपाल मगर संघ युएई र नेपाली मगर खामभाषी जागरण मंच युएई विच जातिय हक-हितका निम्ति हुने सम्पुर्ण गतिविधिमा सहकार्य हुने भएको छ ।
गत २ जनवरी शुक्रवार अलेनको झ्याल्हीपार्कमा २ संस्था एकीकरण गर्नेकी ? २ संस्थाको अस्तिव अक्षुण कायमै रहनेगरी मगर जातिय हक-हितको, सम्पुर्ण गतिविधिमा सह-अस्तित्व कायम रहनेगरी, सहकार्य मात्र गर्ने भन्ने दुबै संस्थाका उच्चस्तरी नेतृत्वतहमा विशेष छलफल भएपछी, उक्त सहमती भएको छल्फलमा सहभागी नेपाल मगर संघ युएईका प्रवक्ता हेम थापा मगरले जानाकारी दिएका छन् ।
विशेषत ३० मे २०१४ मा भएको नेपाल मगर संघ युएईको विशेष भेलाले, १८ मगरातलाई विशेष फोकसगरी संघको विधान सम्सोधनगरी युएईमा पहिलो पटक १८ मगरात हेर्न उपाध्यक्ष कैलाश “खाम” पुन मगरलाई उपाध्यक्षमा चयनगरी विशेष जिम्वेवारी समेत सुम्पेको र संघवाट १८ मगरात भित्रका ब्लड क्यान्सर,किड्नी फेलर वच्चाहरुलाई उपचार्थ सहयोग रकम जुटाउने अति महत्त्वपूर्ण भुमिका निर्वाह गरेको छ भने १८ मगरातका मगरहरुले बोल्ने मगर खामभाषा प्रशिक्षण कार्यक्रमको कार्य तालिका बनाएको साथै अन्य संघ संस्था जस्तो नाँचगानलाई मात्रै प्राथमिकता नदिई पृथकरुपमा सामाजिक, राजनैतिक र आर्थिक रुपान्तरणको सवालमा महत्वपूर्ण काम गर्दै आएको नेपाल मगर संघ युएई संग, संस्था एकीकरण गर्नको निम्ति दुई संस्थाका मुल नेतृत्वतहमा गम्भीर रुपमा छल्फल भएपनी केही प्राविधिक कारणलाई मनन गर्दै दुबै संस्थाको गरिमा यथास्थितिमा नै रहने गरी मगर जातियमुक्तिको निम्ति सम्पुर्ण गतिविधिमा सहकार्य गर्ने निर्णय भएको जागरण मंचका वरिष्ठ सल्लाहकार रामकृष्ण पुनमगरले जानाकारी दिएका छन ।
साथै आगामी २७ फेब्रुअरीमा मलायली समाजम् मुसफा युएईमा (मजायेद महल पछाडी) प्रथम सहिद लखन थापामगरको १३८ स्मृति एवं ३३ औ मगर दिवशको कार्यक्रम भव्यरुपमा सम्पन्न गर्न दुवै संस्था हातेमालो गर्दै युद्धस्तरमा खट्ने सहमती समेत भएको छ ।