शुशी पुलामी
३ जनवरी युएई / नेपाली मगर खामभाषी जागरण मंच युएईको पिकनिक कार्यक्रम भव्यरुपमा सम्पन्न भएको छ |
अग्रेजी नयाँ वर्ष २०१५ एवं नजिकै आएको मगरहरुको प्रमुख चांड माघेसंक्रान्तिको अवसरमा, प्रवासमा आफ्नो डिउटीको समय निकाली, गत २ जनवरी २०१५ अलेनको जेल्हीपार्कमा, मंचका अध्यक्ष भुवन बुढामगरको सभापतित्व, प्रमुख संरक्षक प्रिथिछ्क बुढामगर प्रमुख आतिथ्य र प्रमुख सल्लाहकार रामकृष्ण पुनमगर विशेष आतिथ्यमा पिकनिक कार्यक्रम भव्यरुपमा सम्पन्न भएको छ |
मंचका सचिव जितमान बुढामगरले उद्घोषक रहेको कार्यक्रममा नेपाल आदिवासी परिषद् युएईका अध्यक्ष हरि बहादुर घर्तिमगर, उपाध्यक्ष भिम घिसिंग, नेपाल मगर संघ युएईकी अध्यक्ष शुशी पुलामी मगर, वरिष्ठ उपाध्यक्ष राम थापामगर, प्रवक्ता हेम थापा मगर, महिला बिभाग प्रमुख शुशिला दर्लामी मगर, नेपाली जन-प्रगतिशील मोर्चाका प्रवक्ता विवश लिम्बू, जन सम्पर्क समिति अलेनका सभापति पूर्ण बहादुर ओली, कलाकार चुमान काउछा मगर र जगत रसाइली अतिथि रहेको कार्यक्रमलाई मंचका उपाध्यक्ष खडक बहादुर घर्तिमगरले स्वागत गरेका थिए |
विशेषत १८ मगरात रोल्पा, रुकुम र बाग्लुंग जिल्लाका निसी–बुजीका घर भै युएईमा श्रमगर्ने मगर खामभाषी दाजुभाई तथा दिदि वहिनीहरुलाई समेटेर गत अगष्टमा, युएईको ऐतिहासीक नगरी अलेनमा स्थापना भएको मंचले, आफ्नो स्थापना कालदेखि नेपालको १८ मगरातमा बोलिने मगर खामभाषा,धर्म,संस्कृति संरक्षण र संवर्द्धन,सामजिक रुपान्तरण गर्दै राजनैतिक हक-अधिकारको जागरण गराएको छ |
कार्यक्रमा अग्रेजी नयाँ वर्ष २०१५ एवं नजिकै आएको मगर जातिको प्रमुख चांड माघेसंक्रान्तिको शुभकामना दिदै कार्यक्रमका प्रमुख अतिथि प्रिथिछ्क बुढामगरले, कुनै पनि जातिको आफ्नो भाषा, धर्म संस्कार र संकृति त्यो जातिका आफ्ना पहिचान एवं सम्पति हुन्, पहिचान विनाको जाति वर्ग समुदाय शरणार्थीको अवस्थामा रहन्छ, त्यसैले पनि हामी,हाम्रो १८ मगरातमा बोलिने मगर खाम भाषा, धर्म, संस्कृतिको संरक्षण गर्दै, सामाजिक रुपान्तरण एवं राजनैतिक हक-अधिकारको जागरण ल्याउन हाम्रो जागरण मंच रातदिन अहोरात्र खटेको वताउनु भयो भने विशेष अतिथि रामकृष्ण पुन मगरले मंचले १८ मगरातका मगरहरुलाई दिइएको जातीय चेतनाको प्रसंसा गर्दै शुभकामना व्यक्त गरे |
मन्तव्यको क्रममा नेपाल आदिवासी जनजाति परिषदका अध्यक्ष एवं कार्यक्रमका अतिथि हरि बहादुर घर्तिमगरले परिषद्ले सदियौदेखि जातीय विभेदमा परेका नेपाली आदिवासी जनजातिहरुको जातीयमुक्तिको सवालमा युएईका जातीय संगठनहरुको नेतृत्वदायी भूमिका निर्वाह गरेको दावी गर्दै कार्यक्रम आयोजक संस्थालाई धन्यवाद एवं शुभकामना दिए | सोहि क्रममा नेपाल मगर युएईकी अध्यक्ष शुशी पुलामी मगरले, १८ मगरातलाई सामाजिक आर्थिक र राजनैतिक रुपमा अगाडी ल्याउन हाम्रो संघ सधै चिन्तन मनन रहेको वताउदै, संघको मूल नेतृत्वमा क्रियाशील गराउन संघको महत्वपूर्ण जिम्वेवारी १८ मगरातका साथीहरुलाई सुम्पेको बताउंदै उहाँहरुको इमान्दारिता एव कर्तव्यनिष्ठताको म मुक्तकण्ठले प्रसंसा गर्छु भन्दै, नेपाल मगर संघ युएई र नेपाली मगर खामभाषा जागरण मंच युएई विचमा संस्था एकीकरण भएमा हाम्रो साझा जातीय मुक्तिको लक्ष्यमा पुग्न सजिलो हुने जिकिर गर्दै दुई संस्था एकिकरण हुन पर्ने आग्रह गर्दै, एकिकरणको निम्ति संघका प्रमुख संरक्षक एवं भूपू अध्यक्ष हरि बहादुर घर्ति मगरको संयोजकत्वमा ३ सदस्यीय वार्ताटोली समेत खटाईएको जानाकारी गराए |
अन्त्यमा नेपाली मगर खाम भाषा जागरण मन्च युएईका अध्यक्ष एवं कार्यक्रमका सभापति भुवन बुढामगरले उपस्थित सम्पूर्णलाई धन्यवाद दिदै नेपाल मगर संघ युएई र नेपाली मगर खामभाषी जागरण मंच संस्था एकीकरण गर्नेकि कार्यगत एकाता गर्ने विषय-वस्तु वार्ताकै क्रममा रहेकोले हामीले सो सम्वन्धमा घनिभूत छलफल गर्दै छिट्टै निस्कर्षमा पुगिने जानाकारी दिए |
बनभोज कार्यक्रममा युएईको सवालमा पहिलोपटक १२ मगरात १८ को भेषभूषामा मगरहरुको समावेशी प्रतिनिधित्व भएको देखिन्थ्यो ।