मुककाजी (काजी) गुरुङ, हङकङ

आंधीखोला स्पोर्ट्स क्लबका अध्यक्ष ईश्वर गुरुङको अध्यक्षतामा स्याङ्जा जनसेवा समिति हङकङका संस्थापक अध्यक्ष भक्त गुरुङलाई प्रमुख अतिथ्या प्रदान गरिएको थियो भने नेपालबाट आमन्त्रित अन्तर्राष्ट्रिय भलिबल खेलाडी चन्द्र कुंवर र अन्तर्राष्ट्रिय भलिबल खेलाडी तथा राष्ट्रिय भलिबल रेफ्री टहल सिंह थापा मगर लगायत क्लबका सल्लाहकार एवम स्याङ्जा जिल्लाका क्षेत्रिय समाजका अध्यक्ष तथा प्रतिनिधीहरुलाई समेत मञ्चमा आसिन गराएका थिए ।
क्लबका उपाध्यक्ष बिक्रम गुरुङको स्वागत मन्तब्य रहेको कार्यक्रमलाई सह-सचिव खगेन्द्र गुरुङले सञ्चालन गरेका थिए भने क्लबका सल्लाहकार गोपाल गुरुङ, स्याङ्जा जनसेवा समिति हङकङका सचिव भोजेन्द्र गुरुङ, क्लबका म्यानेजर रबिन्द्र थापा, मिडिया मुक काजी गुरुङ, अन्तर्राष्ट्रिय भलिबल खेलाडी तथा राष्ट्रिय भलिबल रेफ्री टहल सिंह थापा मगर र प्रमुख अतिथि स्याङ्जा जनसेवा समिति हङकङका संस्थापक अध्यक्ष भक्त गुरुङले आ-आफ्नो मन्तब्य ब्यक्त गरेका थिए ।
मन्तब्यको क्रममा नेपालबाट आमन्त्रित अन्तर्राष्ट्रिय भलिबल खेलाडी तथा राष्ट्रिय भलिबल रेफ्री टहल सिंह थापा मगरले ब्यस्तताको बावजुद पनि खेलाडी साथीभाईहरुले शानदार खेल प्रदर्शन गरेर तीन बर्षदेखिको विजयी यात्रा कायम राख्दै फियोना रनिङ्ग शिल्ड भलिबल प्रतियोगिता आफ्नो पोल्टामा पार्न सफल भएकोमा आंधीखोला स्पोर्ट्स क्लबलाई हार्दिक बधाई ब्यक्त गरे । बिशेष गरेर नेपालबाट आमन्त्रित अन्तर्राष्ट्रिय भलिबल खेलाडी चन्द्र कुंवरको अनुशासित एवम शानदार खेल प्रदर्शनको कारणले फियोना रनिङ्ग शिल्ड भलिबल प्रतियोगिता जित्न सफल भएको बताए। यसैगरि सेमिफाइनल देखि फाइनल सम्मको खेलमा म्यान अफ दि म्याच र फाइनलमा सर्वोत्कृष्ट खेलाडी घोषित हुन सफल रहेकोमा हार्दिक बधाई ब्यक्त गरे । फलस्वरुप आज हङकङ लगायत देशबिदेशमा समेत आंधीखोला स्याङ्जाको नाम निकै चर्चाको बिषय बनिरहेको बताए ।
यसै क्रममा आफुले हङकङ आएर स्याङ्जाबासीहरुको यति ठुलो मिलोमतो, आपासी सदभाव, सहयोग, सल्लाह, सुझाब र यति धेरै माया र सम्मान पाउंदा आंधीखोला स्पोर्ट्स क्लब स्याङ्जालाई धन्यवाद ब्यक्त गरे भने आंधीखोला स्पोर्ट्स क्लबलाई पोखरामा रहेर पनि सिंगो पश्चिमाञ्चल क्षेत्रिय भलिबल संघको तर्फबाट जे जस्तो सहयोग गर्न पनि तम्तयार रहने प्रतिबद्धता जाहेर गरेर स्वयमले भलिबल खेलको बिकासको लागि र योग्य खेलाडीहरु उत्पादन गरि सिंगो पश्चिमाञ्चललाई भलिबल खेलमा सक्षम र सवल खेलाडी बनाउंन सकिन्छ कि भन्ने उद्धेश्यले साथै स्याङ्जा लगायत सिंगो पश्चिमाञ्चलको १६ जिल्लालाई बिश्व सामु अन्तर्राष्ट्रिय खेलाडी सम्म बनाउंने अभिलाषा लिएर पोखराको रंगशालामा भलिबल तालिम केन्द्र खोलेको बताए । यसैगरि फियोना रनिङ्ग शिल्ड प्रतियोगितामा स्याङ्जाले जुन उत्कृष्ट खेल प्रदर्शन गर्दै घान्द्रुक र पुन क्लब एक भएर खेल्दा पनि आफ्नो कला र प्रतिभा देखाएर ऐतिहासिक विजयी हासिल गर्दै ईतिहास रच्न सफल भएकोमा पुन: आंधीखोला स्याङ्जालाई बधाई दिए ।
यसैगरि केहि महिना अगाडि स्याङ्जा चिसापानी-१ प्यार्सिंमा भएको आगलागीबाट ९ घर पूर्ण रुपमा ध्वस्त भएको अवस्थामा उक्त ठाउंमा बसोबास गर्ने अग्निपीडित हरुको लागि पुनर्बास ब्यबस्थापनको लागि हङकङस्थित स्याङ्जा जनसेवा समिति हङकङले पहल गरिरहेको बेला आंधीखोला स्पोर्ट्स क्लबका खेलाडीहरुले आफ्नो पसिना, कडा मेहनत र शानदार खेल प्रदर्शन गरेर विजयी हासिल गरि प्राप्त पुरुस्कार हङकङ डलर ५,००० (पांच हजार) रकम अग्नि पीडितहरुको लागि प्रदान गरेकोमा ब्यक्तिगत तथा सिंगो प्यारसिं बासी एवम अग्नि पीडित राहत संकलन तथा सहयोग समिति चिसापानी-१ प्यार्सिं स्याङ्जाको तर्फबाट आंधीखोला स्पोर्ट्स क्लबलाई हार्दिक सम्मान ब्यक्त गरे ।
यसै क्रममा बिकास, अनुशासन तथा गतिशिलता र स्वास्थ्यको लागि खेलकुद भन्ने मूल उद्धेश्य लिएर भर्खर मात्र बामें सर्दै गरेको आंधीखोला स्पोर्ट्स क्लबले अन्तर्राष्ट्रिय भलिबल खेलाडी चन्द्र कुंवर र अन्तर्राष्ट्रिय भलिबल खेलाडी तथा राष्ट्रिय भलिबल रेफ्री टहल सिंह थापा मगरलाई वहांहरुको खेल प्रतिको समर्पण, योग्दानको कदर गर्दै सम्मान पत्रद्वारा सम्मान गरे भने अन्तर्राष्ट्रिय भलिबल खेलाडी चन्द्र कुंवरलाई आंधीखोला स्पोर्ट्स क्लबको तर्फबाट नगद हङकङ डलर १६,१०० (सोह्र हजार एक सय) आर्थिक सहयोग प्रदान गरे भने पूर्व अन्तर्राष्ट्रिय भलिबल खेलाडी तथा राष्ट्रिय भलिबल रेफ्री टहल सिंह थापा मगरलाई पनि नगद पुरुस्कार प्रदान गरेका थिए र उपस्थित क्लबका खेलाडी तथा सदस्यहरुले स्वेच्छाले नगद तथा उपहारहरु प्रदान गरे भने सोहि दिन चन्द्र कुंवरको २५ औं जन्म दिन परेको हुंदा उपस्थित सबैले २५ औं जन्म दिनको शुभकामना ब्यक्त गर्दै जन्म दिनको केक काट्दै शुभकामना प्रदान गरे ।
यसैगरि पूर्व अन्तर्राष्ट्रिय भलिबल खेलाडी तथा राष्ट्रिय भलिबल रेफ्री टहलसिंह थापामगरले मायाको चिनो स्वरुप आंधीखोला स्पोर्ट्स क्लबका दुबै टिमका खेलाडीहरुलाई पश्चिमाञ्चल अंकित टिसर्ट प्रदान गरे । यसैगरि प्रमुख अतिथि स्याङ्जा जनसेवा समिति हङकङका अध्यक्ष भक्त गुरुङले नेपालबाट आमन्त्रित अन्तर्राष्ट्रिय भलिबल खेलाडी चन्द्र कुंवरको कुशल तथा उत्कृष्ट खेल प्रदर्शनले गर्दा आंधीखोला स्पोर्ट्स क्लबले फियोना रनिङ्ग शिल्ड आफ्नो पोल्टामा पार्न सफल भएको छ भने अन्तर्राष्ट्रिय भलिबल खेलाडी तथा राष्ट्रिय भलिबल रेफ्री टहल सिह थापा मगर हङकङमै पहिलो आमन्त्रित राष्ट्रिय रेफ्री भएको र उनी स्याङ्जाली हुनुमा हामीले गर्व गर्नु पर्ने बताए ।
अन्तमा, अध्यक्ष ईश्वर गुरुङले आंधीखोला स्पोर्ट्स क्लबद्वारा आयोजित भेटघाट ,सम्मान तथा बिदाई कार्यक्रममा उपस्थित सम्पूर्णलाई धन्यवाद ब्यक्त गरे भने नेपालबाट आमन्त्रित अन्तर्राष्ट्रिय भलिबल खेलाडी चन्द्र कुंवरको उत्कृष्ट तथा शानदार खेल प्रदर्शनले आंधीखोला स्पोर्ट्स क्लबले फियोना रनिङ्ग शिल्ड तेस्रो पटक जित्दै आफ्नो पोल्टामा पार्न सफल रहेकोमा सम्पूर्ण खेलाडी साथीभाईहरुलाई हार्दिक बधाई ब्यक्त गरे । यसैगरि क्लबका खेलाडीहरुले अनुशासित ढंगले खेल खेलेरे क्लब आफ्नो लक्ष्यमा पुग्न सफल भएकोमा सम्पूर्ण खेलाडीहरुलाई पुन: सम्मान तथा बधाई ब्यक्त गरेर आउंने दिनहरुमा पनि खेलाडीहरु यसै प्रकारले एकताको माला उन्दै अघि बढ्नु पर्ने बताए ।
कार्यक्रममा नेपालबाट आमन्त्रित अन्तर्राष्ट्रिय भलिबल खेलाडी चन्द्र कुंवर र अन्तर्राष्ट्रिय भलिबल खेलाडी तथा राष्ट्रिय भलिबल रेफ्री टहल सिंह थापा मगर लगायत स्पोर्ट्स क्लबका खेलाडीहरुलाई अध्यक्ष ईश्वर गुरुङ र प्रमुख अतिथि भक्त बहादुर गुरुङले फियोना रनिङ्ग शिल्ड भलिबल प्रतियोगिता जिते बापत अबिर लगाई खादाले सम्मान गरेका थिए ।