नयाँ बर्षको साथमा रेफ्री थापा मगरलाई सम्मान

Read Time:1 Minute, 12 Second

राज्यसत्ता, हंगकंग १ जनवरी, मगर संघ हंगकंगको आयोजनामा नौमती बाजा समुहको सक्रियतामा मगर संघ हंगकंगकै कार्यालय हलमा नयाँ बर्ष २०१५ लाई स्वागत गर्दै मनाइएको छ । नेपालबाट फियोना भलीवाल रनीङ शिल्ड प्रतियोगितालाई सम्पन्न गर्न आएका रेफ्री टहलसिंग थापा मगरलाई सम्मान साथै उपहार संघकी अध्यक्ष चन्द्र ज्योति आले मगरले प्रदान गरेकी थिइन । मगर संघ हंगकंगको सम्मानका साथ नयाँ बर्ष मनाउन पाएकोमा थापाले खुशी ब्यक्त गर्दै शुभकामना आदान प्रदान गरेका थिए । संघकी अध्यक्ष चन्द्र ज्योति आले मगर, नौमती बाजा समुहका अध्यक्ष जगत प्रशाद थापा मगर तथा तनहुँ समाजका अध्यक्ष जंग थापा मगरले शुभकामना दिएका थिए । महासचिब बोध बिक्रम थापा मगरको सञ्चालनमा उपाध्यक्ष थल श्रीस मगरले स्वागत मन्तब्य दिएका थिए ।    

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %