स्याङ्जा जनसेवा समिति हङकङले गरे सम्मान

मुक काजी (काजी) गुरुङ
हङकङ-२६ डिसेम्बर २०१४ का दिन स्याङ्जा जनसेवा समिति हङकङले याउ मा तेईस्थित नेपाली कर्नर रेष्टुरेन्टमा नेपालबाट आमन्त्रित फियोना हङकङद्वारा आयोजित फियोना रनिङ्ग शिल्ड भलिबल प्रतियोगिता-२०१४ मा अफिसियल रेफ्रीको भूमिका निभाउंन आएका पूर्व अन्तर्राष्ट्रिय भलिबल खेलाडी तथा राष्ट्रिय रेफ्री टहल सिंह थापा मगर, तमु ट्हो ह्युल हङकङको आयोजनामा गत २१ डिसेम्बर २०१४ का दिन सम्पन्न सातौं रोधीं सांझमा नेपालबाट आमन्त्रित नेपाली चलचित्र कब्बडीका नायिका रिश्मा गुरुङ, लोक दोहोरी गायिका भिमु गुरुङ, वरिष्ठ गीत सङ्गीतकार धन बहादुर गुरुङ, यसैगरि लुम्बिनी मञ्च हङकङद्वारा आयोजित लुम्बिनी सांझ-२०१४ मा नेपालबाट आमन्त्रित जिरे खुर्सानीका हांस्य कलाकार सविता गुरुङ, भद्रगोल टेलिफिल्मका हांस्यकलाकार सागर लम्साल र फियोना रनिङ्ग शिल्ड भलिबल प्रतियोगिताको लागि आंधीखोला स्पोर्ट्स क्लब 
स्याङ्जाद्वारा आमन्त्रित महेन्द्र पुलिस क्लबमा आवद्ध अन्तर्राष्ट्रिय भलिबल खेलाडी चन्द्र कुंवरलाई एक कार्यक्रम बिच भेट्घाट तथा सम्मान गरेका छन ।
 
समितिका अध्यक्ष कोमल कान्छा गुरुङको अध्यक्षयतामा नेपालबाट आमन्त्रित पूर्व अन्तर्राष्ट्रिय भलिबल खेलाडी तथा राष्ट्रिय रेफ्री टहल सिंह थापा मगर, नायिका रेश्मी गुरुङ, लोकदोहोरी गायिका भिमु गुरुङ, वरिष्ठ गीत सङ्गीतकार धन बहादुर गुरुङ, हांस्य कलाकारहरु श्रीमती सविता गुरुङ, सागर लम्साल र महेन्द्र पुलिस क्लबमा आवद्ध अन्तर्राष्ट्रिय भलिबल खेलाडी चन्द्र कुंवरलाई मञ्चमा अतिथ्य प्रदान गरिएको थियो । यसैगरि समितिका सल्लाहकार, जिल्लाका क्षेत्रिय समाजका अध्यक्ष तथा प्रतिनिधीहरु लाई पनि यथास्थानमा आसिन गराएका थिए ।
 
प्रवक्ता मुक काजी गुरुङको स्वागत मन्तब्य रहेको कार्यक्रमलाई सचिव भोजेन्द्र गुरुङले सञ्चालन गरेका थिए भने मञ्चमा आसिन केहि अतिथिहरुलाई आ-आफ्नो मन्तब्य राख्ने अवसर प्रदान गरिएको थियो । आफ्नो मन्तब्य ब्यक्त गर्ने क्रममा पूर्व अन्तर्राष्ट्रिय भलिबल खेलाडी तथा राष्ट्रिय रेफ्री टहल सिंह थापा मगरले हङकङमा आएर स्याङ्जाबासीहरुको माया अनि सम्मान पाउंदा ज्यादै खुशी ब्यक्त गरे भने यस किसिमको सम्मानलाई कहिल्यै पनि भुल्न नसकिने बताए।
मन्तब्यकै क्रममा केहि महिना अगाडि स्याङ्जा चिसापानी-१ प्यार्सिंमा भएको आगलागीबाट ९ घर पूर्ण रुपमा ध्वस्त भएको र हङकङस्थित स्याङ्जा जनसेवा समितिले गरेको आर्थिक सहयोग प्रति सिंगो प्यार्सिंबासीको तर्फबाट धन्यवाद ब्यक्त गरे भने अग्नि पीडित राहत संकलन तथा सहयोग समिति चिसापानी-१ प्यार्सिं स्याङ्जाको तर्फबाट स्याङ्जा जनसेवा समिति हङकङलाई कदर पत्र प्रदान गरे ।
 
यसैगरि अध्यक्ष कोमल कान्छा गुरुङले स्याङ्जा जनसेवा समिति हङकङको भेट्घाट तथा सम्मान कार्यक्रममा उपस्थित भई कार्यक्रमलाई सफल पार्न उपस्थित स्याङ्जाबासीहरुलाई धन्यवाद ब्यक्त गरे भने स्याङ्जाको निमन्त्रणालाई सहर्ष स्वीकार गरेर पाल्नु भएका नेपालबाट आमन्त्रित अन्तर्राष्ट्रिय खेलाडी तथा राष्ट्रिय रेफ्री र कलाकारहरुलाई बिशेष धन्यवाद ब्यक्त गरेका थिए ।
 
कार्यक्रममा नेपालबाट आमन्त्रित खेलाडी तथा रेफ्री र कलाकारहरुलाई अध्यक्ष कोमल कान्छा गुरुङ लगायत समितिका पदाधिकारीहरुले खादा लगाई मायाको चिनो र केहि उपहार प्रदान गरे । यसैगरि गत २५ डिसेम्बर २०१४ का दिन फियोना रनिङ्ग शिल्ड भलिबल प्रतियोगिता जित्न सफल भएकोमा आंधीखोला स्पोर्ट्स क्लबका टिम कप्तान सूर्य गुरुङलाई खादा लगाई सम्मान गरे ।
स्मरण रहोस, पूर्व अन्तर्राष्ट्रिय भलिबल खेलाडी तथा राष्ट्रिय रेफ्री टहल सिंह थापा मगरले गत केहि महिना अगाडि स्याङ्जाको मग्याम चिसापानी-१ प्यार्सिंमा भएको भिषण आगलागीबाट पिडीतहरुको लागि जुन उदाहरणीय कार्य गरि पीडितहरुलाई देशबिदेशबाट राहत उपलब्घ गराउंन सफल भएको छ । यसको लागि सिंगो स्याङ्जाबासी लगायत नेपालीहरुले टहल सिंह थापा मगरको मूल्याङ्कन गर्नै पर्छ । तथापि सिंगो स्याङ्जा जनसेवा समिति हङकङको तर्फबाट पूर्व अन्तर्राष्ट्रिय भलिबल खेलाडी तथा राष्ट्रिय रेफ्री टहलसिंह थापामगरलाई सम्मान ब्यक्त गर्दछौं । जुन टहल सिंह थापा मगरले सेवा नै धर्म हो भन्ने मान्यतालाई बिशेष प्राथमिकता दिएर अगाडि बढे । आज प्यार्सिंका अग्निपीडितहरुको लागि मात्र नभएर सारा स्याङजाबासीहरुको लागि टहल सिंह थापा मगर नमूना बनेका छन । पुन:सिंगो स्याङ्जा जनसेवा समिति हङकङको तर्फबाट धन्यवाद सहित सम्मान ब्यक्त गर्दछौं ।