मगरको सस्कृति सालै जो र झ्याउरे,बचाइ राखौ आमुन्य र सामुन्य

देब पचभैया  

  पाल्पा  जिल्लाको सदरमुकाम तानसेन देखि १३ किलोमिटर उत्तरमा पर्ने खानीगाउ गाबिस वडा नम्बर ३ मा पर्ने कल्लाबारी गाउ  पहिले सालै जो र झाम्रे गित गाईने गाउको रुपमा निकै परिचित थियो ।

२७ घर बढी मगरको मात्रै घर भएको कल्लाबारीमा केही चाड बाड आयो भने तिन, चार दिन सम्म सालै जो र झ्याउरे नाचेर रमाईलो हुन्थ्यो । तर आजकाल मगरी पहिचान बनेका सालै जो, झ्याउरे, ठुलो नाच जस्ता सास्कृतिक नाच गान हुन छोडेको छ , कल्लाबारीमा । पुराना पुस्ता सकिदै गएका छन् युवापुस्तालाई सालै जो र मगरी सस्कृतिको त्यति चासो छैन ।  

  पत्रकार देब पचभैया मगरले तयार पारेको यो रिपोर्ट । तल अडियोमा थिँचेर एकै साथ रमाइला गफ , सालै जो,झ्याउरे, ठुलो नाच जस्ता पुरानो तर मिठो गीत सुन्नुहोस ।

kallabaresalejo.mp3