मगर लेखक सङ्घको अध्यक्षमा पुनः बुढामगर निर्वाचित

Read Time:4 Minute, 49 Second

पहिचान भनेको चिनारी मात्रै होइनः थापा

रूद्र श्रीसमगर

काठमाडौं, १३ पुस-नेपाल मगर लेखक सङ्घको दोस्रो राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा पुनः कर्णबहादुर बुढामगर सर्वसम्मत रूपमा निर्वाचित भएका छन ।

काठमाडौंमा सम्पन्न सङ्घको महाधिवेशनबाट निर्वाचित २५ सदस्यीय केन्द्रीय कार्य समितिको वरिष्ठ उपाध्यक्षमा विष्णुकुमार सिंजालीमगर, महिला उपाध्यक्षमा छिमी पुनमगर, प्राज्ञिक उपाध्यक्षमा पूर्णबहादुर रानामगर, बाह्र मगरात भाषिक उपाध्यक्षमा हेमा आलेमगर ‘बोगी’, अठार मगरात भाषिक उपाध्यक्षमा कमलमान बुढामगर, काइके भाषिक उपाध्यक्षमा सोपा घर्तीमगर, महासचिवमा जीवनप्रवेश रोकामगर, सचिवद्वयमा रूद्र ‘सन्देश’ मगर र हरिकला थापामगर ‘हरिता’ तथा कोषाध्यक्षमा यम सिंजालीमगर रहेका छन ।

त्यसैगरी, केन्द्रीय सदस्यहरूमा इन्द्रबहादुर आलेमगर, रूद्रबहादुर श्रीसमगर, अनुराग थापामगर, लीला रानामगर ‘रोदन’, दिया आलेमगर, श्यामबहादुर रानामगर, कला थापामगर, गगनबहादुर थापामगर, मनबहादुर बगालेमगर, अनिल बुढामगर, प्रेमप्रकाश घर्तीमगर र दलबहादुर गाहामगर रहनुभएको छ भने बाँकी रिक्त दुई सदस्य पछि बस्ने केन्द्रीय समिति बैठकले मनोनित गर्ने नवनिर्वाचित अध्यक्ष बुढामगरले जानकारी दिए । अधिवक्ता गौबहादुर आलेमगरको संयोजकत्वमा उमेशबहादुर रानामगर र मनबहादुर थापामगर सदस्य रहेको निर्वाचन मण्डलले निर्वाचन प्रक्रिया सम्पन्न गरेको थियो ।

यसअघि, महाधिवेशनको उद्घाटन गर्दै नेपाल मगर सङ्घका केन्द्रीय अध्यक्ष महेन्द्र थापामगरले पहिचान भनेको चिनारी मात्र नभएको उल्लेख गरेका थिए ।

मगर लेखक तथा साहित्यकारहरूलाई समेट्ने खालको स·ठन आवश्यक रहेको बताउँदै थापाले नेपाल मगर लेखक सङ्घलाई भ्रातृस·ठनका रूपमा मान्यता दिन मगर सङ्घको महाधिवेशनसम्म कुर्न आग्रह गरे । मगर जातिको इतिहास, भाषा, संस्कृति र अधिकारका पक्षमा कलम चलाउन मगर लेखकहरूले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बेला आएको थापाको भनाइ थियो ।

महाधिवेशनको उद्घाटनका अवसरमा विशेष अतिथि एवं मास्टर मित्रसेन थापामगर स्मृति प्रतिष्ठानका अध्यक्ष त्रिलोकसिंह थापामगर, नेपाल मगर सङ्घका केन्द्रीय महासचिव नवीन रोकामगर, मगर चलचित्रकर्मी सङ्घ, नेपालका अध्यक्ष युवराज मास्की रानामगर, मगर भाषा प्रतिष्ठान, नेपालका सचिव मनबहादुर थापामगरलगायतले शुभकामना मन्तव्य दिनुभएको थियो ।

सोही अवसरमा विभिन्न विषयमा मगर लेखकहरूलाई प्रशिक्षण समेत दिइएको थियो । कार्यक्रममा भाषा अनुवादका विषयमा भाषाविद् भीमनारायण रेग्मी, मातृभाषामा साहित्य लेखनका विषयमा भाषाशास्त्री अमृत योञ्जन तामाङ, प्राज्ञिक लेखनका विषयमा विष्णुकुमार सिंजालीमगर र वेभसाइट एवं अनलाइन सञ्चारका बारेमा पुरन थापामगरले प्रशिक्षण दिएका थिए ।

महाधिवेशनले सचिव सोपा घर्तीमगरद्वारा बन्दसत्रमा प्रस्तुत सा·ठनिक प्रतिवेदन र कोषाध्यक्ष छिमी पुनमगरद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन सर्वसम्मतले पारित पनि गरेको छ ।

सङ्घका अध्यक्ष कर्णबहादुर बुढामगरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव सोपा घर्तीमगर र केन्द्रीय सदस्य हेमा आलेमगर ‘बोगी’ले सञ्चालन गरेका थिए भने वरिष्ठ उपाध्यक्ष विष्णुकुमार सिंजालीमगरले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %