परिषद्को तेस्रो महाधिवेशन २३ जनवरीमा

Read Time:4 Minute, 1 Second

शुशी पुलामी

युएई डिसेम्बर २८/  नेपाल आदिवासी जनजाति परिषद् युएईको चौथो महाधिवेशन,नेपाली आदिवासी जनजातिहरुको प्रमुख चाड पर्व माघेसक्रान्ती,लोसार र अग्रेजी नयाँ वर्ष पिक्निकको साथमाअलेनको जाबिल पार्कमा भव्यरुपमा सम्पन्न गर्न निर्णय गरेको छ ।

गत २६ डिसेम्बर शुक्रवार हम्दाम कर्नेशपार्क आबुधाबी युएईमा परिषद्का अध्यक्ष हरि बहादुर घर्ती मगरको अध्यक्षतामा सम्पन्न भएको परिषद्को एघारौबैठकले उक्त निर्णय गरेको हो । बैठकले परिषद्का उपाध्यक्ष भिम घिसिङगको सम्योजकत्वमाउपाध्यक्ष गणेश थारुकोषाध्यक्ष सोनामदोर्जे लामाप्रवक्ता मौसम सुब्बामहिला विभाग प्रमुख सिर्जना तामाङगसास्कृतिक विभाग प्रमुख दुर्गा लिम्बु र युवा सशक्तीकरण विभाग प्रमुख नवराज गुरुङ समेत रहेको ७ सदस्यीय महाधिवेशन एवं उल्लेखित पिक्निक तयारी समिति चयन गर्दैतैयारी समितिको सम्पुर्ण जिम्वेवारी सुम्पेको छ ।

प्रथम सम्विधानसभामा पहिचानलाई प्रधान र सामर्थ्यलाई सहायक मानेर राज्यको पुनर्सम्रचना गर्न संविधान सभामा राज्य पुनर्सम्रचना एवं राज्य शक्तिको बाड-फाड समिति र दलहरुले आफै  निर्माण गरेको राज्यको पुनर्संरचना आयोगले,जातिय पहिचान सहितको राज्यको पुनर्सम्रचनाको निम्ति बुझाएको १४ र १० प्रदेशको सम्विधान सम्मत खाकालाई बेवारीसे बनाउनखासगरी पहिचान विरोधी दल र विभिन्न प्रतिक्रियावादी शक्तिहरुले खेलेको अस्वाभाविक गतिविधिहरुलाई खबरदारी गर्न युएईमा एउटा श-शक्त जातिय सङगठनको अपरिहार्यता महशुश गर्दै २०१२ फाल्गुण २६ गते, सचेत नेपाली आदिवासी जनजाति बुद्दिजीवी, समाजसेवी, भद्रभलादमी र श्रमिकहरुको विशेष भेलावाट, आबुधाबीको आइकाट युईइमा यसको जन्म भएको थियो । यसको निर्माण सगै युएईमा यसलेजातिय मुक्तिको सवालमा नेतृत्वदायी भूमिकाको निर्वाह गर्दै आएको छ । विभिन्न नेतृत्व विकास प्रशिक्षण,जातिय पहिचानको सवालमा अन्तरक्रियापत्रकार सम्मेलन र दलका नेतासरकार प्रमुख र प्रथम संविधान सभाका सभाध्यक्ष समेतलाई जातीय पहिचानको निम्ति ज्ञापन पत्र समेत बुझाई सकेको छ |

परिषद्को प्रथम महाधिवेशन  दुबईको एभरेष्टइन्टर नेशनल होटल र दोर्सो एवं विशेष महाधिवेशन आबुधाबीको केरेला सोशिल शेण्टरमा ऐतिहासिक रुपमा सम्पन्न भएको थियो भने, यश पटक अर्थात यो तेर्सो महाधिवेशनलाई युएईमा रहनुभएका आम नेपाली आदिवासी जनजाति एवं शुभ चिन्तक महानुभावहरुको विशेष आग्रहलाई मध्ये नजर गर्दैविगतमा भएका महाधिवेशन भन्दा फरक,नेपाली आदिवासी अनजातिहरुको चाडपर्व र अंग्रेज़ी नयाँ वर्षको साथमा गर्न थालिएको प्रवक्ता मौसम सुव्वाले जानाकारी दिएका छन 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %