मुककाजी (काजी) गुरुङ, हङकङ

तमु प्ये ल्हु संघ हङकङका अध्यक्ष जितेन्द्र योज तमुको अध्यक्षतामा सञ्चालित उक्त भेट्घाट तथा सम्मान कार्यक्रममा नेपालबाट आमन्त्रित तमु कलाकारहरु नृत्य निर्देशक गोरे गुरुङ, वरिष्ठ गीत सङ्गीतकार धन बहादुर गुरुङ, र लोक दोहोरी गायक सुरेन्द्र गुरुङ, यसैगरि लोक दोहोरी गायिका भिमु गुरुङ लगायत गुरुङ तथा नेपाली चलचित्रका नायिका एवम नृत्याङ्गना रिश्मा गुरुङ र तिर्थ गुरुङ, तमु ट्हो ह्युल हङकङका कोषाध्यक्ष तथा सातौं रोधीं सांझका संयोजक हरिन्द्र गुरुङ लगायत संघका सल्लाहकारहरु ई. विजय गुरुङ, क्या चन्द्र बहादुर गुरुङ र रित गुरुङलाई मञ्चमा आसिन गराएका थिए ।
प्रवक्ता चौ गुरुङको स्वागत मन्तब्य रहेको कार्यक्रमलाई सचिव भोजेन्द्र गुरुङले सञ्चालन गरेका थिए। लगत्तै तमु प्ये ल्हु संघ हङकङको तर्फबाट तमु ट्हो ह्युल हङकङद्वारा आयोजित सातौं रोधीं सांझमा नेपालबाट आमन्त्रित नृत्य निर्देशक गोरे गुरुङ, वरिष्ठ गीत सङ्गीतकार धन बहादुर गुरुङ र लोक दोहोरी गायक सुरेन्द्र गुरुङलाई तमुहरुको चलनचल्ती अनुसार फेटा ओढाई फूलको गुच्छाले सम्मान गरे भने मायाको चिनो स्वरुप उपहार प्रदान गरे । यसैगरि लोक दोहोरी गायिका भिमु गुरुङ लगायत गुरुङ तथा नेपाली चलचित्रका नायिका एवम नृत्याङ्गना रिश्मा गुरुङ र तिर्थ गुरुङलाई पछ्यौरा ओढाई फूलको गुच्छाले सम्मान गर्दै संघको तर्फबाट मायाको चिनो स्वरुप केहि उपहार पनि प्रदान गरे भने आधुनिक गायक शिवराज गुरुङको अनुपस्थितिमा वहांको सम्मान र मायाको चिनो संयोजक हरिन्द्र गुरुङलाई हस्तान्तरण गरे ।
सम्मान कार्यक्रम पश्चात वरिष्ठ गीत सङ्गीतकार धन बहादुर गुरुङले कलाकारहरुको निमित्ता तमु प्ये ल्हु संघ हङकङले आयोजना गरेको भेट्घाट तथा सम्मान कार्यक्रमप्रति धन्यवाद ब्यक्त गरे भने प्रवासको ब्यस्त शहरमा रहेर पनि संघले तमुहरुको धर्म,संस्कार, संस्कृति तथा परम्पराको जगेर्ना गर्दै अगाडि बढि रहेकोमा संघको प्रशंसा गरे र ब्यस्तताको बावजुद पनि
सातौं रोधीं सांझमा आमन्त्रित सम्पूर्ण कलाकारहरु तमु प्ये ल्हु संघ हङकङबाट सम्मानित हुन पाउंदा सम्पूर्ण कलाकारहरुको तर्फबाट धन्यवाद ब्यक्त गरे भने यस किसिमको सम्मानलाई कहिल्यै पनि भुल्न नसकिने बताए ।
यसैगरि तमु प्ये ल्हु संघ हङकङको प्रथम तमु सांस्कृतिक सांझमा नेपालबाट आमन्त्रित कलाकारहरुको संयोजकको जिम्मेवारी सम्हाल्नु भएका नृत्य निर्देशक गोरे गुरुङले आफु पनि तमु प्ये हु संघकै सदस्य भएको र तमु प्ये ल्हु संघ हङकङबाट सम्मानित हुन पाउंदा खुशी ब्यक्त गरे भने आउंदै गरेको तमुहरुको महान पर्व ल्हु ल्होसारको आशिमलां पनि ब्यक्त गरे । मन्तब्यकै क्रममा तमु ट्हो ह्युल हङकङका कोषाध्यक्ष तथा सातौं रोधीं सांझका संयोजक हरि गुरुङले तमु ट्हो ह्युल हङकङको आयोजनामा सम्पन्न सातौं रोधीं सांझमा नेपालबाट आमन्त्रित तमु कलाकारहरुलाई जुन किसिमको सम्मान तमु प्ये ल्हु संघ हङकङले दिएको छ । उक्त सम्मान कार्यक्रमलाई सकरात्मक रुप लिंदै सिंगो तमु ट्हो ह्युल हङकङको तर्फबाट धन्यवाद ब्यक्त गर्दै तमु प्ये ल्हु संघ हङकङले आफुलाई जुन किसिमको स्थान र छोटो मन्तब्य राख्ने अवसर प्रदान गरेकोमा पुन: संघप्रति धन्यवाद ब्यक्त गरे ।
अन्तमा, संघका अध्यक्ष जितेन्द्र योज तमुले तमु प्ये ल्हु संघ हङकङद्वारा आयोजित भेट्घाट तथा सम्मान कार्यक्रमको निमन्त्रणालाई सहर्ष स्वीकार गरेर पाल्नु भएका सातौं रोधीं सांझका कलाकारहरु, कार्यसमितिका पदाधिकारीहरु लगायत उपस्थित सम्पूर्ण प्ये ल्हु शुभचिन्तकहरुलाई धन्यवाद ब्यक्त गरे भने सातौं रोधीं सांझलाई भब्य तथा सभ्यका साथ सम्पन्न गर्नामा बिशेष भूमिका निभाउंनुहुने कलाकारहरुलाई हार्दिक बधाई दिंदै उपस्थित तमु कलाकारहरुलाई गीत सङ्गीतको माध्यमबाट तमुहरुको कला र संस्कृतिको संरक्षण तथा सम्वर्द्धन गर्दै अगाडि बढ्नु पर्ने बताए र तमुहरुको महान पर्व ल्हु ल्होसारको शुभकामना ब्यक्त गर्दै कार्यक्रमलाई समापन गरे ।
कार्यक्रममा कार्यक्रम सञ्चालक तथा संघका सचिव भोजेन्द्र तमुले क्रमैसंग उपस्थित तमु प्ये ल्हु संघ हङकङ कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुको परिचय गराएका थिए ।