एक दलले सरकारको नेतृत्वको दावी गर्न छाडे सहमति कायम हुन्छ : उपप्रधानमन्त्री गच्छदार

Read Time:1 Minute, 27 Second

महेन्द्रनगर, १९ पुस

उपप्रधानमन्त्री तथा भौतिक योजना एवम् निर्माण मन्त्री विजय गच्छदारले शान्ति र संविधान सुनिश्चित भए माओवादी नेतृत्वको सरकार पनि स्वीकार गर्न सकिने बताएकाछन ।
पत्रकार भेटघाटमा  उनले माओवादी सेना र हतियारविहीन पार्टीको रुपमा परिणत हुने बलियो आधार भए माओवादी नेतृत्वमा सरकार बन्न सक्छ भने ।

उपप्रधानमन्त्री गच्छदारले आफ्नो पार्टीले एमाले–काँग्रेस गठबन्धनको सरकार चाहेको बताउँदै उनले भने– ‘त्यस्तो गठबन्धनलाई माओवादीले पनि स्वीकार गरोस् र शान्ति प्रक्रियालाई टुङ्गोमा पु¥याउन सकियोस् ।’

तीन दलीय सहमतिका लागि कुनै एउटा राजनीतिक दलले सरकारको नेतृत्वको दाबी छोड्नुपर्ने उल्लेख गर्दै उनले बहुमत जुटाएर भए पनि पुस २५ गतेपछि १५ दिनभित्र सरकारको टुङ्गो लाग्नुपर्ने बताए  ।

मन्त्री गच्छदारले तीन ठूला दल माओवादी, काँग्रेस र एमालेबीच सहमति नभए विकल्पमा मधेसवादी दलको नेतृत्वमा सरकार बनाउन दिनुपर्ने बताए  ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %