राज्यसत्ता, हंगकंग, २८ डिसेम्वर, हंगकंगमा भएका विभिन्न क्षेत्रका कलमजिवीहरु मध्येमा कबिता लेखन र पुस्तक प्रकाशन गर्ने कवि र कबियित्रीहरु निकै नै रहेका छन । तर यस पटक भने हंगकंगका २७ जना कबि र कवियित्रीहरुले हंगकंगका समकालीन नेपाली कविता नामक कविता संग्रह पुस्तक नै प्रकाशित गरी हिन्सको कार्यालय हलमा विमोचन गरेका छन । दीपा एवाई राईको सम्पादन रहेको कविता संग्रहमा विभिन्न खाले कविताहरु पढ्न सकिन्छ । हंगकंग साहित्यीक साझा शृङखलाद्धारा पहिलो पटक यो संग्रह प्रकाशन गरीएको हो । कार्यक्रम बज्र कुमार राईको सञ्चालनमा शृङखलाकी संयोजक दीपा एवाई राईको अध्यक्षतामा सम्पन्न भएको थियो ।
हंगकंगमा कबिता संग्रह विचोचन
Read Time:1 Minute, 2 Second