दीपा आलेमगर
काठमाडौं, पुष १२ -मास्टर मित्रसेन थापामगरको ११९ औं जन्म जयन्तिको अवसरमा शनिबार एक कार्यक्रम गरी मास्टर मित्रसेन प्रवचनमाला एवं डां हर्षबहादुर बुडामगरको योगदानका बारेमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
उद्घाटन सत्रमा पोखरा विश्वविद्यालयका उपकुलपति डा० केशरजंग बरालमगरले पानसमा दिप प्रज्वलीत गरी कार्यक्रमको उद्घाटन गरेका थिए । उनले कार्यक्रममा बोल्दै अबका युवा वर्गहरु उच्च शिक्षामा लाग्नु पर्ने बताए । मगर समुदायको भाषा लिपीलाई संरक्षण गर्दै आफ्नै भाषालिपीमा अध्ययन गर्न पाउनु पर्ने बताउंदै राज्यले भाषागत लिपिको शिक्षालाई सहज बनाउनु पर्ने धारणा राखे । उनले डां हर्ष बहादुर बुडामगरको जिवनीको बारेमा बताउंदै अबका मगर युवाहरु पनि हर्ष बहादुर बुढा जस्तै बहुआयामीक हुनु पर्ने बताए । मगर समुदायहरु एकजुट नहुन नसकेकोले अहिलेको पनि ओझेलमा परेको बताए । अब आउने दिनमा सम्पूर्ण मगरहरु एकजुट भई शैक्षिक क्षेत्रमा अघि बढ्नु पर्ने बताए ।
मास्टर मित्रसेन थापामगरको ११९ औं जन्म जयन्तिको अवसरमा बोल्दै नेपाल मगर संघका पूर्व अध्यक्ष यमबहादुर बुढाथोकी मगर, २०१४ विश्व चाइल्ड राइट हिरोबाट पुस्कृत इन्द्रीरा रानामगर, उन्नती बोहरा लगायतले बोलेका थिए ।
(डा० केशरजंग बरालमगरले पानसमा दिप प्रज्वलीत गरी कार्यक्रमको उद्घाटन गर्दै)
पहिलो सत्रको अध्यक्षता मास्टर मित्रसेन प्रष्ठिानका अध्यक्ष त्रिलोकसिंह थापामगरले गर्नु भएको थियो । स्वागत मन्तब्य महासचिव गौबहादुर आलेमगरले गरेका हुन् । दोस्रो सत्रमा डां हर्ष बहादुर बुडामगरको योगदानका बारेमा अन्तरक्रिया गरी छलफल गरिएको थियो ।
दोस्रो सत्रमा डां हर्ष बहादुर बुडामगरको योगदानका बारेमा अन्तरक्रिया गरी छलफल गरिएको थियो । कार्यक्रममा विभिन्न जातीय संघसंस्थाका प्रतिनिधिहरु र विद्यार्थीहरुको सहभागीता रहेको थियो । साथै उक्त कार्यक्रममा २०१४ विश्व चाइल्ड राइट हिरोबाट पुस्कृत इन्द्रीरा रानामगर, पत्रकार सुरविर बज्रचार्यलाई सम्मान गरिएको थियो । डा.हर्षबहादुर बुडामगरको योगदानका बारेमा कार्यपत्र डा. राजाराम सुवेदीले प्रस्तुत गरेका हुन् । उनले लेखेका कार्यपत्रमा सहभागीहरुले प्रश्न गरेका थिए । मित्रसेन प्रष्ठिानका अध्यक्ष त्रिलोकसिंह थापामगरका अनुसार मगर समुदायका युवाहरुकोलागि विभिन्न विषयमा प्रवचनमाला गर्दै लगिने जानकारी दिएका थिए ।
त्यसकोलागि मगर समुदायसंग आबद्ध विभिन्न जातीय संस्थाहरुलाई सहभागी गराई दिर्घकालिन रुपमा लगिने बताए ।