राज्यसत्ता,
काठमाडौं , पुष ९- बेलायतमा बस्ने मगरहरूको सस्था यूके मगर संघले पूर्ब मन्त्रि तथा आदिबासी जनजातिका अग्रज नेता गोरेबहादुर खपाँगी मगरलाइ पू:न ३ लाख ९० हजार रूपैया सहयोग गरेको छ ।
नेपाल मगर विद्यार्थी संघको केन्द्रीय कार्यालय बागबजारमा एक कार्यक्रम गरी युके मगर संघका बरिष्ठ उपाध्यक्ष नेम थापामगरले उहाँका जवाइ चन्द्रबहादुर थापा मगरलाइ पुष ४ गते उक्त रकम हस्तान्तरण गरेका थिए । युके मगर संघले आफ्नो कोस बाट खपाँगीलाइ सिङगापुर लैजादा दश हजार पाउन्ड सहयोग गरेको थियो । उक्त १० हजार पौड सस्था लाइ सबै चुक्ता गरि बाँकि रहेको रकम खपाँगीलाइ सहयोग गरेको उपाध्यक्ष नेम थापामगरले राज्यसत्ता डटकमलाइ बताए ।
स्मरण रहोस खपाँगी २०७० साल जेष्ठ १२ गते आदिबासी चलचित्र महत्सवमा सहभागी हुन जादा भृकुटी मन्डपमा मोटर साइकलले ठक्कर दिएर ढलेका थिए । उहाँलाइ तत्कालै बिर हस्पिटल लगे पनि टाउँकोको सल्याक्रिया भने अन्नपूर्णमा गरिएको थियो । नेता खपाँगीलाइ पछि नर्भिक हुँदै सिंगापुर लगि थप उपचार गरिएको थियो । सिंगापुर बाट वापस ल्याएर पु:न नर्भिक र त्यस पछि न्यूरो हस्पिटल बाँसबारीमा डा० उपेन्द्र देबकोटाको उपचार पछि घरमै बसि स्वास्थ्यलाभ गराइरहनु भएको छ। हाल उहाँको स्वस्थ्यमा द्रुतगतिमा सुघार भैरहेको उहाँका परिवार बाट जानकारि भैरहेको छ ।
नेपाल मगर विद्यार्थी संघलाइ बाहाराइन बाट सहयोग :
नेपाल मगर विद्यार्थी संघको कार्यालय सन्चालनको लागी बाहाराइनमा कार्यरत पाल्पा निवासी कृष्ण सारू मगरले ५००५ रूपैया सहयोग गरेका छन् । उक्त रकम मगर संघ हङकङका पूर्ब अध्यक्ष हुमबहादुर पचभैया मगरले एक कार्यक्रममा संघका अध्यक्ष दिपा आलेमगरलाइ हस्तान्तरण गरे ।
उक्त कार्यक्रममा संघका सल्लाहकार रेनुका काउचामगर लगायतको उपस्थिति रहेको थियो ।