खोटाङ्ग बाक्सिला स्वास्थ्य शिविर सम्पन्न

Read Time:6 Minute, 8 Second

रोशन मेवाहाङ्ग

फोक्स्टन पौष ७ बेलायत – नर्भिक अन्तर्राष्ट्रिय अस्पताल र मिसन टु हेल्प नेपाल नामक च्यारिटी संस्थासँगको सहकार्यमा युके बाक्सिला स्वास्थ्य शिविर भव्य रुपमा सफल भएको एन आर एन युकेका उपाध्यक्ष श्री हिराधन राईले जानकारी दिनु भयो ।

बिरामी र संख्या

खोटाङ बाक्सिलामा मंसिर १५ र १६ गते दुई दिन संन्चालन गरिएका उक्त शिविरमा १५ गाविसका एक हजार पचास जना विरामीले स्वास्थ्य सेवा लिएका थिए ।  स्वास्थ्य चौकी भवन, बाक्सिलामा विहान ९ देखि सांझ ५ बजेसम्म चलेको स्वास्थ्य शिविरको पहिलो दिन बाक्सिला, दिप्सुंग, वादेल, ऐसेलुखर्क, सुङ्देल, राखा र माक्पा गाविस एवं दोश्रो दिन बास्पानी, खार्ताम्छा, फेदी, पाथेका, खार्मी, जाल्पा, सप्तेश्वर र दुवेमा सञ्चालन गराएका शिविरका संयोजक राईले जनाएका छन । विशेषज्ञ चिकित्सकले हेरे लगतै जटिल विरामीहरु स्पाईनल ईन्जुरी, रुखबाट लडेर ढाड भाचेका, ६ बर्ष देखी भुडी सुनिएको र हात भाचिएर तेतिकै गाउंमा बसेका बिरामीहरुलाई काठमाण्डौ नर्भिक अस्पताल थप निशुल्क  उपचारको लागी रेफर गरिएका थियो ।

 यस स्वास्थ्य शिबिरमा गाउघर बाट ७० प्रतिशत उपस्थ्ति रहेका बिरामीहरु मध्ये शिविरमा प्राय गरेर ६० प्रतिशत आङ्ग खसेका महिला विरामी  जाच  गर्न आएका थिए । विरामीको संख्यालाई आधारभुत र प्राथमिकता दिने हो भने नेपालका प्रत्येक बिकास क्षेत्रमा कम्तीमा एउटा हरेक सुविदा युक्त अस्पताल संन्चालन गर्न जरुरी देखिन्छ । गाउघरका बिरामीहरु उपचारको निम्ती काठमाण्डौका विभिन्न अस्पताल पुग्न नपरोस ।

सस्था र उपकरण

 

मिसन टु हेल्प नेपालकी अध्यक्ष बबिता लामाले नर्भिक अस्पतालले चिकित्सिक टोली, नर्स, औषधी र उपकरण निःशुल्क रुपमा उपलव्ध गराएकाले शिविरमा साना ठूला सबै रोगका बिरामीले उपचार तथा औषधी पाएको बताइन् । नर्भिक अस्पतालले स्वास्थ्य शिविरका लागि आवश्यक सबै सहयोग गरेकाले विरामीले चाहेको सेवा पाउन सम्भव भएको लामाले बताइन् । उनी स्वयं यहि स्वास्थ्य शिविर सन्चालनका लागि बेलायतबाट गएका थिईन । नर्भिकका महाप्रबन्धक रवी शर्माले नर्भिक अस्पतालले गरेका निःशुल्क स्वास्थ्य शिविरहरुमध्ये बाक्सिलाको शिविर अहिले सम्मकै सफल र ठूलो भएको जानकारी दिएका छन ।

औषधी र खर्च  

उक्त स्वास्थ्य शिविरका लागि काठमाण्डौं स्थित नर्भिक हस्पिटलले औषधि र चिकित्सकहरु  निशुल्क  उपलव्ध  गराएको  थिए । चिकित्सक र औषधि नर्भिकले निशुल्क उपलव्ध गराए पनि चिकित्सकहरुको वास र खानपिन एवं औषधि लैजान हेलिकप्टर प्रयोग गर्नुपर्ने भएकाले रावखोला सेरोफेरो यूके बाट छुटै टिम तयार भएका थिए । जस्मा मेजर दिलकुमार राई, मेजर योगेश राई, टिमका महासचिव  सप्तराज राई र एन आर एन युकेका उपअध्यक्ष श्री हिराधन राईले उक्त शिबिरको बेवस्थापन गर्नु भएको थियो ।

चिकित्सक र नर्स

बिशेषज्ञ चिकित्सकहरु तथा सिनियर नर्सहरु उपस्थिती रहे पनि विरामीहरुको चाप देख्दा उपचार गर्न निकै कठिन परेको थियो । बिरामीको उपचार सहज बनाउने सामान्य उपकरण पनि हाम्रो मुलुकमा अभाव देखिएको कारण पनि यो सम्भावना देखिएको हुन सक्छ ।

नर्भिकबाट चिकित्सकहरु जनरल फिजिसियन एवं गाइनोलोजिष्ट डा बन्दना पाण्डे, जनरल फिजिसियन डा प्रगति थापा, सर्जन डा गौरवराज ढकाल, कार्डियोलोजिष्ट डा शिवजी सिलवाल, महाप्रवन्धक रवि शर्मा र सिनियर नर्स सृष्टि रावत र  बेलायतबाट दुई जना नर्सहरु बविता लामा र सुनिता राईले  साथ दिएका थिए । शिविरका लागि सबै उपकरण र औषधी लगायतको व्यवस्थापन गर्न निर्देशक मेघा चौधरी शाक्यले समन्वय गरेकी थिइन् । खोटाङ्ग  जिल्ला कार्यलयका निर्देशन अनुशार शिविरका निम्ती बाक्सिला चौकीले सुरक्षा प्रधान गरेका थिए ।

संयोजक

खेटाङ्ग बाक्सिला स्वास्थ्य शिविर २०१४ सफल पार्न संस्थाका अध्यक्ष मेजर दिलकुमार राई, उपाध्यक्ष मेजर योगेश राई, महासचिव  सप्तराज राई र कार्यक्रम संयोजक एन आर एन युकेका उपअध्यक्ष श्री हिराधन राई बेलायतबाट गएका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %