दिपा आलेमगर
काठमाडौं , पुष ७ – नेपाल मगर विद्यार्थी संघ केन्द्रीय समितिले एक कार्यक्रम गरी युके मगर संघका बरिष्ठ उपाध्यक्ष नेम थापामगरसंग पुष ४ गते सामुहिक भेटघाट गरेको छ ।
उनलाई मगर विद्यार्थी संघ केन्द्रिय समितिले स्वागत तथा सम्मान कार्यक्रम गरेको हो । स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै उपाध्यक्ष नेम थापामगरले मगर विद्यार्थीहरुलाई हरेक क्षेत्रमा अगाडि बढाउन सबैको साथ र सहयोग हुनुपर्ने बताए । उनले सम्पूर्ण मगर समाज र देशको विकास गर्नकोलागि मगर विद्यार्थीहरुले महत्वपूर्ण भूमिका खेल्नु पर्ने बताए । भेटघाट कार्यक्रममा बोल्दै उपाध्यक्ष थापामगरले अरुण स्मृति कोषकोलागि एक लाख रकम हस्तान्तण गरेका थिए ।
युकेमा रहेर पनि नेपालमा क्रियाशील मगर समुदायको उत्थानकोलागि बारम्बार सहयोग गर्दै आएको उनले जानकारी दिए । मगर विद्यार्थीको आर्थिक, शैक्षिक, सांस्कृति लगायतका विषयमा क्रियाशील बनाउन अगामि दिनहरुमा पनि युके मगर संघले सधैं साथ र सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे । उपाध्यक्ष थापामगरले नेपाल र विदेशमा रहेका युवा मगरहरुलाई एकजुट बनाएर मगर समाजको विकासकोलागि क्रियाशील हुन सुझाव समेत दिए । कार्यक्रममा २०१४ विश्व चाइल्ड राइट हिरोबाट पुस्कृत इन्द्रीरा रानामगर लाई संघले खादा लगाएर सम्मान तथा बधाई शुभकामना ब्यक्त गरिएको थियो ।
नेपाल मगर विद्यार्थी संघ केन्द्रीय अध्यक्ष दिपा आले मगरको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तब्य संघका बरिष्ठ उपाध्यक्ष कमल थापामगर र कार्यक्रम सञ्चालन महासचिव गोम रानामगरले गरेका थिए । युके मगर संघले पूर्व मन्त्री एवं आदिबासी जनजाति नेता गोरेबहादुर खपांगीमगरको स्वास्थ्य उपाचारकोलागि उनकै घरमा गएर तिन लाख ९० हजार रकम समेत हस्तान्तरण गरिएको थियो । उक्त कार्यक्रममा संघका सल्लाहकार रामबहादुर थापामगर, झकेन्द्र घर्तिमगर, रेनुका काउचामगर लगायतको उपस्थिति रहेको थियो ।
संघका अध्यक्ष दिपा आलेमगरले अरुण स्मृति कोषकोलागि रकम हस्तारन्तरण गरेकोमा युके मगर संघलाई धन्यवाद दिए ।
सोहि कार्यक्रममा खपाँगी बचाउ अन्तराष्ट्रिय समितिका संयोजक साउदि अरबमा कार्यरत हुम सुनारी मगर द्वारा लाखित उत्पीडित समाजमा खपाँगीको देन नामक पुस्तक छपाइमा सहयोग गर्नु हुने रिडिङ,यूकेमा बस्नुहुने कृष्ण पून मगरले पठाउनु भएको नेरू २५०००,०० पच्चिस हजार खपाँगी बचाउका नेपाल संयोजक केबि राना मगरलाइ पनि नेम थापा मगरले हस्तान्तरण गरेका थिए ।