मगरको साँगितिक कोसेली”हेर एक फेर” बहराईनमा लोकार्पण

Read Time:5 Minute, 22 Second

कृष्ण सारू मगर

बहराईन १९ डिसेम्बर बहराईनको राजधानी मानमा स्थित डि.एक्स.एन.को सभाहलमा नेपाली राजदुतावास बहराईनका का.बा. राजदुत महामहिम मणि प्रसाद भट्टराईको प्रमुख आतिथ्यतामा “मगरको साँगितिक कोसेली” लोकार्पण  भएको छ ।

  सो कार्यक्रममा विशेष अतिथी डि.एक्स.एन.कं.शाखा म्यानेजर बेनी एन्टोनी, तृतिय सचिव ओम भण्डारी,महान समाजसेवी गम गुरूङ, दिपक गुरूङ थिए । त्यस्तै अतिथिगणहरूमा  बिभिन्न समाजिक संघ संस्थाका प्रतिनिधि तथा पत्रकारबंधु एवं भद्रभलाद्मीहरूको बृहत उपस्थितिमा सो एल्वमको लोकार्पण भएको थियो ।

सो कार्यक्रममा अन्तराष्ट्रिय कलाकार समाज बहराईनलाई स्थापनाकाल देखी वर्तमान सम्म अतुलनिय योगदान दिनुहुने पत्रकार तथा विशिष्ट ब्यक्तित्वहरू लाई सम्मान स्वरूप मायाँको चिनो पनि प्रदान गरिएको थियो ।

चर्चित गायकले साँगितिक कोशेली “हेर एक फेर” एलवमको स्वर,लय तथा शब्द संकलनमा मगरकै रहेको कृति जस्लाइ पुर्णिमा डिजिटल प्रा.लिले उत्पादन र बितरण गरेको छ ।

औपचारिक लोकार्पण गर्दै प्रमुख अतिथि भट्टराईले थप्दै भने प्रदेशी भुमीमा आफ्नो अमुल्य समयलाई सदुपयोग गर्दै साहित्य,श्रृजना,गीत,गजल,कविता,नेपाली राष्ट्रिय मौलिक, कला साँस्कृतिक श्रष्टाहरूलाई संरक्षण-संवर्द्धन प्रति प्रोत्साहन दिँदै शुभ-कामना ब्यक्त गरे।

  कार्यक्रमका सभापति अन्तराष्ट्रिय नेपाली कलाकार समाज बहराइनका अध्यक्ष तथा गीतकार पवित्रा राईले ब्यानर उद्धघाटन गरेका थिए । स्वागत मन्तब्य रेशम श्रीस मगरले दिएका थिए भने कार्यक्रम संयोजक वरिष्ठ लोक दोहोरी गायक अशिम महतको साथमा प्रस्तोता रेशम बोहराले संचालन गरेका थिए ।

साँगितिक मनोरन्जन दिनका लागी निर राना मगरले देउराली भञ्ज्याङ… गीतको बोल रहेको सालैजो भाका र सरिता दर्लामी मगरको मंसिरै महिनामा.. लोकगीत प्रस्तुतिले उपस्थित दर्शक तथा श्रोताहरूलाई भरपुर मनोरन्जन दिन सफल भएको थियो । भने कलाकार समुहकै सदस्यहरू बाट बिभिन्न बेजोडको साँगितिक प्रस्तुति रहेको थियो ।

रतनपुर-५ चापाकोटक स्याङजा निवासी विश्व विनोदले “अचानोको पीर” २०६२मा रेकर्ड गरेका थिए भने ०७१ मा “कर्म देश” लाई श्रोता तथा शुभेचछुक माझ ल्याई सकेका हुन् । साथै खरना-४ पाल्पाकी सुमधुर स्वरकी धनि सरला पुन मगरले पनि २०६८मा तिम्रै लाग्छ भर…पहिलो गीति एल्वम बजारमा ल्याएका थिए भने ०७१मा दोस्रो साँगितिक कोशेलीको रूपमा रूखमा डाली भिरैमा खर छ…भन्ने कृति सर्वत्र बजारमा ल्याई सकेका उनिहरू दुवै अब्बल कलाकारहरूले गीतको बोल तिते करेलीले भाकामा लोक तथा दोहरी  घम्सा घम्सी रह्यो  ।

  सो कार्यक्रयमा अतिथि ब्याज तथा  मिठाई एवं पानी ब्यावस्थापनको सौजन्य गुल्मेली समाजले गरेका थिए भने आँधिखोला स्याङजा समाजका निवर्तमान अध्यक्ष देव घाम्बोलेको ब्यानर सौजन्य गरेका थिए । अध्यक्ष लगायत अर्घाखाँची प्रवासी सेवा समाज परिवारले संस्थापक अध्यक्ष तथा गायक करन थापा मगरलाई संयुक्त रूपमा हार्दिक बधाई तथा उत्तरोत्तर प्रगतिको कामना सहित शुभकामना दिएका थिए ।

यस “हेर एक फेर” लोकार्पण कार्यक्रमलाई भब्य र सभ्य रूपमा सफल बनाउन उपस्थित सबैमा अन्तराष्ट्रिय कलाकार समाज बहराईन परिवार तथा कार्यक्रम सभाध्यक्ष गीतकार पवित्रा राईले हृदय देखी नै हार्दिक कृतज्ञता ब्यक्त गर्दै औपचारिक कार्यक्रमको समापन गर्नु भएको थियो ।

जीवनका तिता मिठा शब्दमा यथार्थतलाई परिभाषित,सरल ढंगले समावेश शब्दहरु “हेर एक फेर” एल्वममा प्रदेशी जीवन्त कथा र ब्यथामा आधारित भएकोले यो एल्वम सबैले एक पटक सुनिदिनु हुन अनुरोध गरिन्छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %