गीतकार निलम आङबुहांङ राईको तेश्रो गीति एल्बम “निलम” सार्बजनिक

Read Time:8 Minute, 53 Second

रोशन मेवाहाङ्ग राई

फोक्स्टन बेलायत, गत १४ डिसेम्बर २०१४ तारिखका दिन बेलायत,फोक्सटन सर्नक्लिफको फेमिली कम्युनिटी सेन्टरमा गीतकार निलम आङ्बुहाङ् राईले “मेरि प्रियतमा” र “बिबस्ताले ” बोलको दुई गीतहरुको म्युजिक भिडियो प्रिमियर सहित तेश्रो गीति एल्बम “निलम” साबर्जनिक गरेकी छन ।

स्रष्टा निलम आङबुहांङ राईको सभापतित्वमा सम्पन्न विमोचन कार्यक्रममा २ जि आरका गोर्खा मेजर, मेजर प्रेम बहादुर गुरुङ् प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा नेपाली महिला संघ, लण्डनका महा(सचिव तथा गीतकार शशी थापा सुब्वा र बिएफ बिएस गोर्खा रेडियोका स्टेशन मेनेजर लाल शाही, बिशेष अतिथि रहेका थिए ।
अतिथिहरुमा इलाम सोसाईटी युकेका अध्यक्ष राजेन्द्र राई, नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतका कोषाध्यक्ष, कवि देवेन्द्र खेरेस, नयाँ सन्देश साप्ताहिकका प्रधान सम्पादक र कानुन विद चण्डीराज राई, संघीय मासिक पत्रिकाका प्रधान सम्पादक सुरेन्द्र इङ्नाम, मेजर चिन बहादुर थापा एम भि ओ, क्याप्टन मनिकुमार राई, क्याप्टन रघुबिर राई, फोक्सटन नेपलिज कमिनीटिका सल्लाकार गोपाल गिरी, पुर्व काउन्सिलर धन गुरुङ्ग, गीतकार ईश्वर चाम्लिङ्ग, गीतकार निर्मला परिबेश राई, गीतकार हेमकुमार राई लगायत बिभिन्न संघसंस्थाका प्रतिनिधी तथा साहित्यिक स्रष्टाहरू रहेका थिए ।
प्रमुख अतिथि र बिशेष अतिथि द्वारा पानसमा बत्ति बालेर शुरु भएको कार्यक्रमको संचालन गीतकार मुकेश राईले गरेका थिए ।
“निलम” विमोचन समारोहमा नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतका संस्थापक सदस्य, गायक तथा कार्यक्रम संयोजक भूमीराज राईले मिडिया पार्टनर अजम्बरी डटकमका तर्फबाट उपस्थित सबैलाई स्वागत गर्दै स्वागत मन्तब्य राखेका थिए ।
एल्बम बिमोचन गर्नु अगाडी गीतकारको बारेमा तयार पारिएको व्यक्ति चित्र प्रदर्शन पश्चात प्रमुख अतिथि बिशेष अतिथि लगायत श्रष्ठा सहितले गीति एल्बम “नीलम” संयुक्तरुपमा सार्बजनिक गरिएको थियो ।
“निलम” सार्बजनिक भए लगत्तै गीतकार इश्वर चामलिंगले एल्बमको समिक्षा गर्दै मन्तब्य राख्ने क्रममा गीतकारको पोट्रेट कबिता बाचन गर्दै गीतकारलाई निलो हिराको उपमा दिएका थिए । सरल भाषाशैलीमा मनछुने गीत लेखेर गीतकार निलम आङ्बुहाङ राई नेपाली सांगीतिक बजारमा स्थापीत गीतकार हुन सफल रहेको चर्चा गरेका थिए । गीतकार राईले निलम आङ्बुहाङ राईको गीति लेखनका बिभिन्न पक्षहरूको चर्चा गर्दै अघिल्लो एल्बम जुनी जुनी जस्तै एल्बम “निलम” को सफलताको शुभकामना ब्यक्त गरेका थिए ।
ईलाम समाज सोसाईटीका अध्यक्ष राजेन्द्र राईले प्रवाशमा रहेर पनि नेपाली गीत संगितलाई माया गरेर आम नेपाली श्रोताहरु माझ एल्वम सार्वजनिक गर्नु भएकोमा शुभकामना व्यक्त गरेका थिए ।
अर्का बक्ता गीतकार शशी थापा सुब्वाले गितकार निलम आङ्बुहाङ राईको गीतले मन छोएको बताएका थिए । उनको गीति लेखन कार्य निरन्तरताको कामना गर्दै नयाँ एल्बम “निलम” को सफलताको शुभकामना ब्यक्त गरे । गीतकार शशी थापा सुब्वाले गोर्खालीहरू बन्दुक चलाउन मात्र सीपालु नभई सृजनात्मक कार्यमा पनि अगाडी भएकाले लाहुरे परिवार हुनमा गर्व गर्नु पर्ने बताएका थिए । लाहुरे परिवार भनेको बजारमा सामान किन्ने र घर भित्र मात्रै सिमित हुन्छ भन्ने सामाजिक धारणालाई गितकार निलम आङ्बुहाङ राईको यस कार्यले मानिसको विचार बदल्न सफल भएको बताए ।
नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतका कोषाध्यक्ष कवि देवेन्द्र खेरेसले गितकार निलम आङ्बुहाङ राईको निरन्तर गीति लेखन कार्यले नेपाली गीत संगीत क्षेत्रमा ठुलो योगदान रहेको चर्चा गरेका थिए । नयाँ एल्बम “निलम” मा समेटिएका गीतहरूले स्रोताहरूको मन जीत्ने विश्वास ब्यक्त गर्दै गितकार निलम आङ्बुहाङ राईको गीति लेखन कार्यको सफलताको शुभकामना ब्यक्त गरेका थिए ।
प्रमुख अतिथि २ आर जि आरका गोर्खा मेजर प्रेम बहादुर गुरुङ्गले, पल्टन घरभित्र विगत र वर्तमान परिवेशमा नेपाली साहित्यिक मोड धैरै नै परिवर्तन हुदै गईरहेको र एल्वम “निलम” को गीति संग्रह भित्रका शव्दहरु सहज र सरल लयमा भएका कारणका हरेक नेपालीहरुको मन छुन सक्ने बिश्वास ब्यक्त गर्दै एल्बमको लोकप्रियताको कामना गरेका थिए ।
कार्यक्रको अन्तीम चरणमा सर्जक गीतकार निलम आङ्गबुहाङ्ग राईले, वाल्यकालदेखि नै गीत संगित प्रति धैरै नै झुकाब राख्दै त्यसलाई निरन्तरता दिदै आएको र लामो समय देखि नै प्रवाशमा बसे पनि नेपाली गीत संगितलाई आफु रहुन्जेल निरन्तरता दिईरहने आम श्राेताहरुलाई विश्वस्त रहन आग्रह गर्दै एल्बमको सबै टिम प्रति हार्दिक धन्यबाद र आभार ब्यक्त गरेका थिए ।
निलम एल्वम भित्र जम्मा ७ वटा गीत समावेश छन । नीलम क्रिएसनको बजार ब्यबस्थापन रहेको गीति एल्बम नीलम भित्र संगीत, सुरेश अधिकारि, शान्तिराम राई, बीबी अनुरागी, खगेन्द्र पन्धाक लिम्बु र रमेश खड्काको रहेको छ भने रीमा गुरुङ, हेमन्त शर्मा, स्वरुपराज आचार्य, मिलन अमात्य, शाहिद मालिया,लक्ष्मण लिम्बु र बीबी अनुरागीको अवाज सुन्न सकिने छ । एल्बम बिमोचन संगै एल्बम भित्रका दुई गीतहरुको म्युजिक भिडियो पनि सोहि कार्यक्रममा पहिलो पटक प्रिमियर गर्दै यु ट्युब मार्फत पनि अनलाईन गरियो ।
चर्चित एक्सन फिल्म हँसियाका निर्देशक मिलन चाम्स द्वारा निर्देशित भीडियोहरु “मेरी प्रियतमा” र “बिबस्ता” म्युजिक भिडियोमा राजेश हमाल, जिबन लुइंटेल, असिश्मा नकर्मी र नन्दिता केसीको अभिनय रहेको छ । आफु नया फिल्मको लोकेसन हेर्नमा ब्यास्त भएका कारण कार्यक्रममा उपस्थित हुन नसक्ने जानकारी गराउंदै निर्देशक मिलन चाम्सले भीडियो संदेश मार्फत आफ्नो काम कस्तो लाग्छ प्रतिक्रिया दिन अनुरोध गरेका थिए ।
सम्पूर्ण कार्यक्रमको ब्यबस्थापन लेख राज राईको रहेको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %