भेट्रान्स फुटबलको उपाधि सिभिल एमवाईसी काठमाडौंलाई

Read Time:4 Minute, 9 Second

मनोज घर्तीमगर

पोखरा, मंसिर २८
कास्कीको बगर भाइखलकले पोखरामा आयोजना गरेको ४० वर्षमाथिका खेलाडीको लागि सञ्चालित चौथो एट–ए–साइड भेट्रान्स फुटबल प्रतियोगिताको उपाधि काठमाडौंको सिभिल एमवाईसीले जितेको छ ।
राष्ट्रिय उच्चमाविको टुँडिखेलमैदानमा शनिबार भएको फाइनलमा क्लब मोसिसलाई २–१ ले पराजित गर्दै सिभिल एमवाईसी काठमाडौंले उपाधि जितेको हो ।
सिभिल एमवाईसीको जीतमा म्यान अफ दी म्याच कप्तान सञ्जीव वैद्य र बालगोपाल महर्जनले एक–एक गोल गरे भने क्लब मोसिसको तर्फबाट दीपक लामाले सान्त्वना गोल फर्काए । सिभिल एमवाईसीको टीममा उपेन्द्रमान सिंह, मधु कार्की र फिफा रेफ्री लव खत्री सहभागी थिए ।
उपाधिसँगै सिभिल एमवाईसीले ४४ हजार चार सय ४४ रुपैंया, शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार पायो । उपविजेतामा सीमित क्लब मोसिसले नगद ३३ हजार तीन सय ३३ मा चित्त बुझायो । उपविजेता क्लब मोसिसले आफूले पाएको पुरस्कारमध्ये १० हजार पोखरामा पुसको २२ गतेदेखि सञ्चालन हुन गइरहेको मनकामना केबुलकार पोखरा कपको लागि कास्की जिल्ला फुटबल सङ्घलाई हस्तान्तरण गरेको छ ।
प्रतियोगितामा क्लब मोसिसका नवीन पाण्डे बेस्ट प्लयेर, सर्वाधिक चार गोल गरेका सिभिल एमवाईसीका अनिल राजभण्डारी हाइस्कोरर घोषित भए । हेटौंडाको चौघडा एफसीले फेयर प्लये ट्रफी प्राप्त ग¥यो । यस्तै प्रतियोगिताकै जेष्ठ खेलाडी फिÇटी प्लस बगर भाइखलकका दिनेश श्रेष्ठ सम्मानित भएको प्रचार–प्रसार उपसमितिका संयोजक मनकाजी गुरुङले जानकारी दिए ।
प्रतियोगितामा विजेता तथा उपविजेता खेलाडीलाई प्रमुख अतिथि नेपाली सेनाको पश्चिम पृतना विजयपुर पोखराका पृतनापति पदम विलास कार्की, नेपाल ह्याण्डबल सङ्घका केन्द्रीय अध्यक्ष तेजबहादुर गुरुङ, युकेका मेकानिकल इन्जिनियर जगनबहादुर गुरुङ, भूपू खेलाडी मञ्चका अध्यक्ष खड्गबहादुर रानाभाट, एसियन तेक्वान्दो युनियनका सल्लाहकार मदन केसी, बगर भाइखलकका अध्यक्ष दिलबहादुर गुरुङ, सल्लाहकार दिनेश श्रेष्ठलगायतले पुरस्कार वितरण गरेका थिए ।
सो अवसरमा युकेका मेकानिकल इन्जिनियर जगनबहादुर गुरुङले आयोजक संस्थालाई नगद ५० हजार, एक्स बगर युथ क्लबका संसथापक अध्यक्ष श्रीभक्त गुरुङ, विष्णु गुरुङलगायतले ३० हजार तथा सहारा युकेका दिलकाजी गुरुङले १० हजार सहयोग गरेको बगर भाइखलकका सदस्य खगेन्द्र गुरुङले जानकारी दिए ।
बगर भाइखलकका अध्यक्ष दिलबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष तेजबहादुर गुरुङले स्वागत मन्तव्य र महासचिव याम गुरुङले कार्यक्रम सञ्चालन गरेका थिए। मङ्सिर २४ देखि सञ्चालित प्रतियोगितामा काठमाडौंका चार, हेटौंडाको एक तथा स्थानीय गरी १४ टीमले सहभागिता रहेको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %