राज्यसत्ता
लन्डन ,१२ डिसेम्बर २०१४
ब्रिटिश आर्मिमा सेवारत गोर्खालीलाई एतिहासिक सफलता प्राप्त भएको छ ।
गुल्मी जिल्ला लिम्घामा जन्मेका बृटिश आर्मिमा सेवारत क्विन गोरखा सिग्नलका मेजर याम बहादुर रानामगर हालै लेफ्टेनेन्ट कर्णेल ( lieutenant Colonel ) पदमा पदोन्नत भई गोरखा बृगेडमै सर्बाधिक एतिहासिक सफलता प्राप्त गरेका छन । सेनाको बढुवा समितिले उनलाई गत बिहीवार बेलायती सेनाको उच्च अधिकृत पद लेफ्टिनेन्ट कर्णेलमा पदोन्नति गर्ने निर्णय गरेको हो । सन् १९८१ मा भर्ती भएर सिपाही हुँदै ब्रिटिस आर्मीको नवौं तह लेफ्टिनेन्ट कर्णेलमा पुग्ने उनी पहिलो गोर्खा हुन् । आर्मी सेवा शुरु गरेको ३४ वर्षमा रानालाई यो सफलता मिलेको हो । उनका अघिल्लो पुस्ताले बेलायती सेनामा सेवा गरेता पनि उनको रुची भने लाहुरे बन्ने नभएर पढेरै केही गर्छु भन्ने फरक विचार पालेका थिए तर पारिवारिक प्रिस्थभुमी र पारिवारिक करकापले लाहुरे नभई धरै पाएनन । खाने मुखलाई जुङाले छेक्दैन भने झै उनको पढ्ने धोको पनि पुरा गरी छाडे, रानाले सन् १९९३-९५ मा बोर्नमाउथ युनिभर्सिटीबाट बीएस्सी अनर्स गरे, त्यसपछि त्यही विश्वविद्यालयबाट मास्टर्स पनि गरे । उनले सन् २००६ मा कम्युनिकेसन इन्जिनियरिङमा मास्टर्स गरेपछि उनलाई खुट्किलो चढ्न थप बल मिलेको थियो । आर्मीमा सिँपाहीदेखि क्यारियर शुरु गरेर गोरखाहरु पुगेको सर्वोच्च ओहोदासम्म पुग्न सफल रानाले गोर्खाहरु त्यो तह सम्म पुग्न सक्दैनन् भन्ने अंग्रेजहरुको सोचाइ र भ्रमलाई गलत सावित गरिदिएका छन ।
