मनोज घर्तीमगर
गायिका आनि आनी छयोइङग डोल्माको पोखरामा एकल सांगीतक कार्यक्रम आयोजना गरिएको छ । सराङकोट–६ कास्कीमा निर्माणाधीन उर्गेन छयोलिङ बौद्धिट गुम्बा सहयोगार्थ कोल्मा बहाकोट तमु समाज पोखरा र उर्गेन छयोलिङ गुम्बाले कार्यक्रमको चाँजोपाँजो मिलाएका हुन् ।
पोखरा सभागृहमा शनिवार भएको सुमधुर स्वरकी गायिका आनीले ‘बुद्ध बचन…’ बोलको अध्यात्मिक गीतबाट गायन शुरु गरेकी थिइन् । उनले मिठो मुस्कान, बतास चल्यो, बटुवा हुँ बटुवा, चुलबुले मनको स्वभाव, म त ठुलो हुदै होइन तिमी प नि होइन देश भन्दा ठुलोअरु केही छैन, जय होस तिम्रो मंगल होस, फूलको आँखामा फूलै संसार, नयाँ आउन लागेको गीत ओम मने पेमे होम, जति जति दान प्रदान गरे अरु हित हुन्छ गीत गाउँदा दर्शकले साथ दिएका थिए ।
त्यस अवसरमा लामा कलाकारहरुले पोखरामै पहिलोपटक अध्यात्मिक एवं तान्त्रिक नृत्यहरु देखाए । कार्यक्रममा संयोजक अशोक गुरुङले काठकाडौंका १५ जना लामा कलाकारहरुले झिग्भेव(आशिÈवर्Èा नृत्य), श्यानाग(कालमुकुट नृत्य), छोग्लेन(गणधारण नृत्य), घिङ(दुत नृत्य) लगायत नृत्य प्रस्तुत गरेका थिए । उनले बुद्ध जन्मेको देश नेपालबाटै बुद्धको शान्ति सन्देश फैलाउन र गुम्बा निर्माणलाई रकम जुटाउन गरेको सांगीतिक कार्यक्रम सफल भएकोमा खुसी व्यक्त गरे । कार्यक्रम हेर्न १ हजार, ५ सय र ३ सय रुपैयाको टिकट किनेर थुप्रै दर्शक पोखरा सभागृह हलमा पुगेका थिए ।