शेर्पा संघ, यूरोपको दशौँ अनलाइन बैठक सम्पन्न

Read Time:2 Minute, 32 Second

राज्य सत्ता

 
प्रवासका विभिन्न मुलुकमा स्थापित २२ वटा आदिवासी जनजाती महासंघहरु संलग्न अन्तर्राष्ट्रिय जनजाति संयुक्त संघर्ष समिति मार्फत विभिन्न देशहरुमा स्थापित किदुग तथा संघद्वारा पहिचान सहितको संघीय राज्य निर्माणको लागि मानव अधिकारवादी नेता श्री पद्मरत्न तुलाधरले नेतृत्व गरेको राष्ट्रिय आन्दोलनलाई समर्थन जनाई सकेको परिप्रेक्ष्यमा शेर्पा संघ, यूरोपले नेपाल शेर्पा संघसंग सहकार्य गर्दै ऐक्यवद्धता जनाउने भएको छ । गत नोवेम्वर ३० मा बसेको संघको दशौँ अनलाइन बैठकले उक्त निर्णय गरेको हो । 
 
सो बैठकले रामेछाप जिल्ला गुम्देल-४ निवासी सोहि गा.वि.स. स्थित श्री महालंगुर उच्च मा.वि. मा कक्षा ८ मा अध्ययनरत छात्र ङिमा शेर्पालाई शेर्पा संघ, यूरोपद्वारा नेपालका दुर्गम तथा विकट क्षेत्रमा वसोवास गर्ने शेर्पा समुदायका अनाथ, अपांग तथा असाहय गरीव जेहेन्दार शेर्पा बालबालिकाको शिक्षामा सहयोगका लागि छात्रावृत्ति प्रदान गर्ने उद्धेश्य राखी स्थापित अक्षय कोष मार्फत यहि १ जनवरी २०१५ देखि लागु हुने गरी छात्रावृत्ति प्रदान गर्ने निर्णय गरेको जानकारी प्राप्त भएको छ । त्यसै गरी सोही विद्यालयमा कक्षा ६ मा अध्यनरत छात्रा दाफुटी शेर्पालाई संस्थाको महासचिव श्री कर्मा पहाडी शेर्पाले कक्षा दशसम्म अध्ययनको लागि वार्षिक £१००.०० (एक सय पाउण्ड) व्यक्तिगत तर्फबाट सहयोग गर्ने भएको छ ।
 
यसै गरी शेर्पा संघ, यूरोपले विश्वभरि रहेका शेर्पा किदुग तथा संघहरुसंग विश्व शेर्पा संरचना निर्माणार्थ छलफल गर्न साइबर बैठक बस्न पहल गर्नका लागि संघको अर्को बैठकमा छलफल गर्ने भएको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %