किराँत धर्म अन्तर्राष्ट्रिय महासम्मेलन २१ चैत्रमा काठमाडौमा गरिने

Read Time:1 Minute, 31 Second

उर्लाबारी, १८ पुस । किराँत धर्मको दोस्रो अन्तर्राष्ट्रिय महासम्मेलन आगामी चैतमा काठमाडौँमा आयोजना गरिने भएको छ ।

तीनदिने सो महासम्मेलन आगामी चैत २१ देखि २३ गतेसम्म मनाइने आज मोरङको उर्लाबारीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

किराँत धर्म तथा साहित्य उत्थान सङ्घका अध्यक्ष डकेन्द्रसिं थेगिमले महासम्मेलनमा देश–विदेशका एक हजार ५०० जनाको सहभागिता रहने जानकारी दिए ।

सो महासम्मेलन सम्पन्न गर्न सङ्घका अध्यक्ष थेगिमको संयोजकत्वमा एक हजार १०१ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ ।

सो महासम्मेलनले ‘विश्व शान्ति तथा मानव एकता’ भन्ने सन्देश प्रवाह गर्ने आयोजकको विश्वास छ ।

यसैबीच विश्व शान्तिको कामना गर्दै आजै उर्लाबारीमा महायज्ञको आयोजना गरियो ।

नेपाल बौद्ध गुम्बा, उर्लाबारीको सहयोगमा अहिँसावादी धर्म चक्र सङ्घ, नवलपरासीद्वारा आयोजित सो महायज्ञमा विभिन्न १७ जिल्लाका विशिष्ट गुरु लामा, आङ्गिनी (लमिनी) तथा बौद्ध भिक्षुहरुको  सहभागिता थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %