माओवादी स्थायी बैठक शुरु

काठमाडौँ, १८ पुस

एकीकृत नेकपा(माओवादी)को स्थायी समिति बैठक केहीबेर अघि पार्टी केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा सुरु भएको छ ।

आजको बैठकमा पार्टीको आगामी कार्ययोजना, साङ्गठनिक जिम्मेवारी र भोलिदेखि सुरु हुने केन्द्रीय समिति बैठकका एजेन्डाबारे छलफल हुने प्रवक्ता दीनानाथ शर्माले जानकारी दिए ।

यसअघि नै बस्ने भनिएको स्थायी समिति बैठक आन्तरिक गृहकार्य पूरा नभएको भनी हिजो शनिबारसमेत गरी पटकपटक स्थगन गरिएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %