हेम थापामगर
२९ नोभेम्बर आबुधाबी, नेपाल मगर संघ युएईको अन्तरक्रिया ऐतिहासिक रुपमा सम्पन्न भएको छ |
गोल्डेन स्पुन भेजिटेरियन रेष्टुरेन्ट आबुधाबी युएईमा गत २८ नोभेम्बर शुक्रवार, संघका अध्यक्ष शुशी पुलामी मगर सभापति र अतिथिहरु, नेपाली जन प्रगतिशील मंच युएईका अध्यक्ष हेमन्त पौडेल, नेपाली जन प्रगतिशील मोर्चाका सचिव गणेश लम्साल, संघीय लिम्बुवान समाजका सल्लाहकार संयोजक ललित लिम्बु, समाजसेवी एवं बुद्दिजिबी पिताम्बर पोख्रेल, नेपाल आदिवासी जनजाति परिषद् युएईका बरिष्ठ उपाध्यक्ष मोहन कुमार तामांग, उपाध्यक्ष भिम घिसिंग, प्रवक्ता मौसम सुब्बा अतिथि रहेको कार्यक्रमलाई कार्यक्रमका प्रमुख अतिथि नेपाल आदिवासी जनजाति परिषद् युएईका अध्यक्ष एवं संघका भूपू अध्यक्ष हरि बहादुर घर्तिमगर एवं विशेष अतिथि एनआरएन मध्यपूर्व संयोजक ( Regional Coordinator, Middle East ) चन्द्र बहादुर रोकाहा द्वारा संयुक्त रुपमा दिप प्रज्वलन गरी कार्यक्रम उद्घाटन गरिएको थियो |
नेपालका आदिवासी जनजातिहरु संग पटक-पटक गरेका सहमति एवं सम्झौता, संयुक्त राष्ट्र संघको आदिवासी जनजाति सम्वन्धि बडा-पत्र, अन्तराष्ट्रिय मानव अधिकारका दस्तावेज, दशवर्षे जनयुद्दको जगमा टेकेर भएको १९ दिने जन–आन्दोलन मर्म र भावना बिरुद्ध, तथा कथित संविधान सभामा भएको कृतिम बहुमतको बलमा, जवरजस्ती जातीय पहिचान विहिन संविधान जारीगरी मुलुकलाई गृहयुद्द तर्फ उन्मुख गराउन थालेका पहिचान विहिन राजनैतिक दलहरुलाई खबरदारी गर्न र दलीय सहमति बाट मात्रै संविधानजारी गर्न आन्दोलनरत पहिचानका पक्षधर २२ दलीय राजनैतिक दलको मोर्चा र पहिचान सहितको संविधानजारी गर्न माग राख्दै, आदिवासी जनजाति अगुवा एवं वरिष्ठ मानव अधिकारवादी नेता पद्मरत्न तुलाधरको अध्यक्षतामा गठित सम्झौताहिन आदिवासी जनजाति राष्ट्रिय आन्दोलनलाई के कसरी सहयोग गर्न सकिन्छ ….? यस्ता अवस्थामा प्रवासी मगर एवं आदिवासी जनजाति संघ संस्थाको भूमिका के रहन्छ भन्ने विषय केन्द्रित “राज्यको पुनर्संरचनामा एकल जातीय पहिचानको प्रश्न ?प्रवासी मगर एवं आदिवासी जनजाति संघ संस्थाको भूमिका” विषयक अन्तरक्रियामा आफ्नो विचार राख्दै प्रमुख अतिथि एवं नेपाल आदिवासी जनजाति परिषद युएईका अध्यक्ष हरि बहादुर घर्तीमगरले आदिवासी जनजातिहरुसंग पटक-पटक गरेको सहमति र सम्झौता तोड्दै, ७ प्रदेशको खाका लिएर नेपाली काग्रेस र एमालेले मूलुकलाई धोका दिन खोजेकोमा खेद ब्याक्त गर्दै, पहिचान सहितको संघियात प्राप्त नभए मुलुक द्वन्दमा जाने चेतावनी दिएका थिए |
सोहिक्र्ममा विशेष अतिथि चन्द्र बहादुर रोकाहाले दलीय सहमतिमा संविधानजारी भए मात्रै मुलुक शान्ति र सम्वृद्द तर्फ उन्मुख हुने विचार राखेका थिए | मन्तव्यको क्रममा नेपाली जन प्रगतिशील मंचका अध्यक्ष हेमन्त पौडेलले सदियौ देखिको जातीय पहिचानको विभेदमा परेका नेपाली आदिवासी जनजातिहरुलाई पहिचानको अधिकार मात्रै होइनकि एक लेवल सम्म ल्याउनकोलागी विशेष अधिकार समेत दिनु पर्ने विचार राख्नु भयो भने नेपाली जन प्रगतिशील मोर्चाका सचिव गणेश लम्सालले उत्पीडित जातिका मुक्तिका मुद्दाहरु कुण्ठित भएकोले यी प्राप्त गर्न आन्दोलनको विकल्प नभएको बताउदै आधिकार दिइएन भने खोसेर लिनु पर्ने बताएका थिए, सोहि क्रममा संघिय लिम्बुवान समाजको सल्लाहकार संयोजक ललित लिम्बुले आजसम्म एकल वाहुन जातीय राज्य मुलुकमा रहेकोले हामीले सवै जातिको राज्य बनाउन चाहेको विचार व्यक्त गरेका थिए | साथै नेपाल आदिवासी जनजाति परिषद् युएईका वरिष्ठ उपाध्यक्ष एवं समासेवी बुद्दिजीवी मोहन कुमार तामांगले पहिचान विरोधी राजनैतिक दलहरुको समयमै बुद्दी फिरोस् अन्यथा मुलुक भयाभह स्थिति तर्फ उन्मुख हुनेछ भन्दै युएईमा आफू रहेको परिषद्ले आफ्नो स्थापनकाल देखि आदिवासी जनजातिहरुको अधिकारको सवालमा नेतृत्वदायी भूमिका खेल्दै आएको जिकिर गरे | यसै क्रममा कार्यक्रम आयोजक संघका प्रवक्ता हेम थापामगरले आदिवासी जनजातिलाई चेतना जगाउन र जातीय विभेदवाट मुक्त गराउन माओवादी पार्टीले ऐतिहासिक भूमिका निर्वाह गरे पनि यसलाई संविधानमा लिपिबद्ध गराएर संस्थागत गराउनु पर्ने बताएका थिए |
यसै क्रममा संघका कोषध्यक्ष हिक्मत मगरले जातीय मुक्तिकोलागी मैले जनयुद्दमा बन्दुक बोकेर लडाई गरे पनि उपलब्धि प्राप्त नभएकोले कतै फेरी पनि बन्दुक बोक्न पने अवस्था त आउने होइन भन्दै त्यस्तो अवस्था नल्याउँन राजनैतिक दलहरुलाई आग्रह गरे | कार्यक्रममा समापन भएको घोषणा गर्ने क्रममा संघका अध्यक्ष एवं कार्यक्रमका सभापति शुशी पुलामी मगरले मुलुकको सर्वाधिक वहशको विषयमा आफुले नेतृत्व गरेको संघले अन्तरक्रिया राख्न पाएकोमा खुसि ब्याक्त गर्दै, उक्त कार्यक्रमा आउनुभएका सम्पूर्ण अतिथि सहभागि बुद्दिजीवी, समाजसेवी एवं भद्रभलादमि सम्पूर्ण महानुभावहरुलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो | भने कार्यक्रममा सहभागी सम्पूर्ण महानुभावले देशको प्रमुख समस्याको विषय वस्तुलाई लिएर अन्तरक्रिया गर्नु, युएईमा मात्रै नभएर प्रवासको सवालमा संसारभरमा नै ऐतिहासिक भएको दावी गर्दै कार्यक्रम आयोजक नेपाल मगर संघ युएईलाई धन्यवाद दिएका थिए | भने छिट्टै प्रवासमा पनि जातीय पहिचान पक्षेधर दलका भात्री संगठन र संघ संस्थाको एउटा मोर्चा हुनु पर्ने बताउदै त्यसको पहल गर्ने बताएका थिए |
संघका महासचिव टपन घर्ति मगरले संचालन गरेको कार्यक्रमलाई उपाध्यक्ष कैलाश खाम पुन मगरले स्वागत मन्तव्य दिएका थिए |