स्व.जयबहादुर हितानमगरको कृति प्रकाशन हुदै

Read Time:2 Minute, 18 Second

बिजय हितानमगर  

काठमाडौं , ७ मंसिर – नेपाल मगर संघका संस्थापक सचिव स्वर्गिय जयबहादुर हितानमगरको एक पुस्तक निस्कने भएको छ। नेपाल मगर संघ यस पुस्तकको प्रकाशक बनिदिने छ। पुस्तक प्रकाशनको सम्पूर्ण खर्च हितानका परिवारले बेहोर्ने र यसको बिक्री बितरणबाट सङ्कलित राशी नेपाल मगर संघलाई आर्थिक सहयोग स्वरुप प्रदान गरिने छ।  

  जयबहादुर हितानमगर ब्यक्तित्व र कृतित्व  सिर्शक  पुस्तकमा हितानका साहित्यिक श्रीजना, सामाजिक र राजनैतिक बिचारमा आधारित लेखहरु समाबेश हुनेछन। प्रकाशनको सिलसिलामा पुस्तकका सम्योजक सन्जोग लाफामगर, पूरन थापामगर, नेपाल मगर संघका अध्यक्ष महेन्द्र थापामगर, सम्पादक बिजय हितानमगर बिच हालै एक छलफल बैठक बस्यो।

हितानका समकालिन साथीहरु सुरेश आलेमगर, एम यस् थापामगर, रामक्रिश्ण ताम्रकार, दुर्योधन चौधरी, बाबुराम रानामगर, यामबहादुर बुढाथोकीमगर, बमकुमारी बुढामगर, कुबेर रानामगर इत्यादिको आथित्यमा पुस्तकको लोकार्पण हुने भएको छ।

  साथै नेपाल मगर संघका भात्रुसंस्थाका पदाधिकारीहरु, समकालिन राजनीतिज्ञ साथीहरु, जनजाती सङठनका पदाधिकारीहरु, साहित्यकार, सन्चारकर्मिहरुको पनि उपस्थिती रहने छ।

बिमोचन समारोहमा हितानको ५ औं स्मिर्ती दिवस पारेर यही आउँदो मङ्सिर २६ गते  काठमान्डुको बागबजारमा हुने भएको छ। पान्डुलिपिलाई अैले भाषाबिद अमृत योन्जन र कबी तथा साहित्यकार स्वप्निल स्मृतिले सुद्दासुद्दी हेरीदिएर सहयोग पुर्याउँदै हुनुहुन्छ।  

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %