दिल प्रसाद थापा
बुटवल – नेपाल छन्त्याल विद्यार्थी संघ रुपन्देहीको आयोजना तथा इभोलुसन क्लब अफ बुटवलको सहआयोजनामा भएको छन्त्याल कप खुल्ला नकआउट बास्केबल प्रतियोगिताको विहिबारदेखी तामनगर चारपालाको खेल मैदानमा सुरु भएको छ ।
प्रतियोगिताको उदघाटन कार्यक्रममा नेपाल छन्त्याल विद्यार्थी संघ रुपन्देहीका अध्यक्ष गोकुल छन्त्यालको अध्यक्षतामा भएको थियो भने कार्यक्रमको प्रमुख अतिथी नेपाल छन्त्याल संघ रुपन्देहीका अध्यक्ष दलबहादुर रहेका थिए । विशिष्ठ अतिथी इभोलुसन क्लब बुटवलका अध्यक्ष मधु राई र चारपाला भुपु सैनिक कल्याणकारी क्लब तामनगरका अध्यक्ष गंगाबहादुर छन्त्याल रहेका थिए । बास्केट वल प्रतियोगिता नेपाल छन्त्याल विद्यार्थी संघको केन्द्रीय महाअधिवशनको अवसरमा आयोजना गरिएको अध्यक्ष गोकुल छन्त्यालले जानकारी दिएका थिए ।
प्रतियोगिताको उदघाटन खेलमा वेष्टन क्लब बुटवल र फ्लिकर मगंलापुर विच भएको खेलमा वेष्टन क्लब विजय भएको थियो । प्रतियोगितामा प्रथम हुनेलाई दश हजार रुपैया नगद र मेडल , प्रमाण पत्र प्रदान गरिने छ भने दोस्रो हुनेलाई पाँच हजार रुपैया नगद , मेडल , प्रमाण पत्र प्रदान गरिनुका साथै म्यान अफ द म्याच र हाई स्कोररलाई पनि पुरस्कारको व्यवस्था रहेको अध्यक्षले बताए ।
कार्यक्रम संचालन संघका सचिव प्रेम छन्त्यालको रहेको थियो । प्रतियोगिताको फाइनल खेल आइतबार हुने आयोजनले बताएका छन ।