काजी गुरुङ
हङकङ , ११ नोभेम्बर २०१४ का दिन याउ मा तेईस्थित नेपाली कर्नरमा स्याङ्जा जनसेवा समिति हङकङले मगर संघ हङकङको आयोजनामा आयोजित “अरुण स्मृति सांझ चौथो”मा नेपालबाट आमन्त्रित स्याङ्जाली युवा हांस्य कलाकार तथा नृत्यकार निर आलेमगर र स्याङ्जा आंधीखोला सांझ-तेस्रो (२०१२)” मा नेपालबाट आमन्त्रित चर्चित लोकदोहोरी गायिका मुना थापामगरलाई एक रात्री भोजको आयोजना गरि सम्मान गरेका छ ।
समितिका अध्यक्ष कोमल कान्छा गुरुङको अध्यक्षतामा सञ्चालित औपचारिक कार्यक्रममा स्याङ्जाली युवा हांस्यकलाकार तथा नृत्यकार निर आलेमगरलाई प्रमुख अतिथ्या प्रदान गरिएको थियो भने आंधीखोला सांझ-तेस्रो (२०१२) मा नेपालबाट आमन्त्रित गोर्खाकी मुना थापामगरलाई बिशेष अतिथ्या प्रदान गरिएको थियो। यसैगरि तनहुँ समाजका अध्यक्ष जंग थापामगर लगायत स्याङ्जाकै केहि ब्यक्तित्वहरुलाई पनि अतिथ्या प्रदान गरिएको थियो।
प्रवक्ता मुककाजी गुरुङको स्वागत मन्तब्य रहेको कार्यक्रमलाई सचिव भोजेन्द्र गुरुङले सञ्चालन गरेका थिए। स्वागत मन्तब्य पश्चात समितिका अध्यक्ष कोमल कान्छा गुरुङले मगर संघ हङकङको आयोजनामा सम्पन्न अरुण स्मृति सांझ ४ मा नेपालबाट आमन्त्रित युवा हांस्यकलाकार एवं नृत्यकार तथा चर्चित लोक दोहोरी गायिका क्रमश: निर आलेमगर र मुना थापामगरलाई क्रमिक रुपमा खादा लगाई मायाको चिनो प्रदान गरे। यसैगरि लोक दोहोरी गायिका मुना थापामगरले पनि स्याङ्जा जनसेवा समिति हङकङ कार्यसमितिका पदाधिकारीहरुलाई मायाको चिनो स्वरुप भादगाउंले टोपी प्रदान गरिन।
कार्यक्रममा हांस्य तथा नृत्य कलाकार निर आलेमगरले हङकङ आएर स्याङजा जनसेवा समिति हङकङबाट सम्मानित हुन पाउंदा ज्यादै खुशी ब्यक्त गरे। बोल्ने क्रममा आलेले भने मगर संघ हङकङको कार्यक्रममा आएर यसरी स्याङ्जाबासीहरुबाट सम्मानित हुने अवसर र माया पाउंने एक आना पनि नसोंचेको बताए। जुन सम्मान र मायाले अझ स्याङ्जाली युवा कलाकारको कांधमा बोझ थपिएको छ भने त्यो सम्मान र मायालाई जिन्दगीको अन्तिम घडीसम्म पनि सजाएर राख्ने प्रतिवद्धता ब्यक्त गरे।
यसैगरि गोर्खाकी मुनाले पनि गोर्खाली भएर के भयो त स्याङ्जालीको मनै ठुलो भए पछि के स्याङ्जाली ? के गोर्खाली ? कलाकारको लागि यहि नै ठुलो कुरा हो भन्दै आफु पनि स्याङ्जा जनसेवा समिति हङकङबाट पुन: दोस्रो पटक सम्मानित हुन पाउंदा खुशी ब्यक्त गरिन । भविष्यमा यसरी नै यहांहरुको माया र सम्मान पाईरहने र फेरि पनि स्याङ्जा जनसेवा समिति हङकङले आयोजना गर्ने कार्यक्रमहरुमा अवसर पाउंनेमा आशावादी रहिन। क्रमिक रुपमा कार्यक्रममा उपस्थित स्याङ्जाबासीहरुले निर आलेमगर र मुना थापामगरलाई केहि मायाको चिनोहरु पनि प्रदान गरेका थिए।
शुभकामना मन्तब्यकै क्रममा तनहुं समाज हङकङका अध्यक्ष जंग थापामगरले पनि आफ्नो भनाईहरु ब्यक्त गरे। बोल्ने क्रममा थापाले मगर संघ हङकङको कार्यक्रममा आ-आफ्नो प्रस्तुति पस्कन आएका कलाकारद्वयलाई स्याङ्जा जनसेवा समिति हङकङले सम्मान गरेकोमा मगर संघ हङकङको तर्फबाट धेरै धेरै धन्यवाद ब्यक्त गरे।
अन्तमा अध्यक्ष कोमल कान्छा गुरुङले कलाकार भनेको देशको गहना हुन। त्यसैले कलाकारको सम्मान अनि इज्जत गर्नु पर्दछ भन्दै स्याङ्जा जनसेवा समिति हङकङको आयोजनामा आयोजित कलाकार भेट्घाट तथा सम्मान कार्यक्रममा उपस्थित कलाकारद्वय साथै सम्पूर्ण स्याङ्जाबासीहरुलाई धन्यवाद ब्यक्त गरे। यसैगरि कलाकारद्वय निर आले र मुना थापामगरको आउंने दिनहरु अझ सफलताले चुमि रहोस भन्ने शुभकामना ब्यक्त गर्दै कार्यक्रमलाई समापन गरे।
(गुरुङ् स्याङ्जा जनसेवा समिति हङकङका प्रवक्ता हुन )