कृष्ण सारू मगर
बहराईन , २८ कार्तिक – स्याङजा जिल्लाको रतनपुर-५ ,चापाकोट न.पा चापकोट निवासी विश्व विनोद स्व.बुबा लेख ब. विश्व र आमा भिम कुमारी विश्वको कोख बाट ०४२/०१/०५ मा कान्छो छोराको रूपमा जन्म भएको हो ।
(फोटो : देव घाम्बोले)
विनोदको पहिलो साँगितिक कोसेली “अचानोको पीर” २०६२ सालमा रेकर्ड भएको थियो । उनले २०६३मा राष्ट्रिय लोक तथा दोहरी गीत प्रतियोगितमा नगरकोट राष्ट्रिय लोक तथा दोहरी गीत प्रतिस्पर्धी समुहलाई पछाडी पार्दै गंगा जमुना समुहको संयोजक प्रथम स्थान हासिल गर्न सफल भएका थिए ।
उनले पुन: झण्डै एक दशक पछि आफ्नै रचनामा राष्ट्रिय लोक तथा दोहोरी गायिका सुमधुर स्वरकी धनि चिरपरिचित देवि घर्तीको साथ विश्व विनोदकै स्वर,लय तथा शब्द संकलनमा रहेको दोस्रो कृति ‘परनिर्वाण’ निकालेका थिए । जस्लाइ क्रियशन प्रा.लिले उत्पादन र बितरण गरेको छ । लोक दोहोरी एल्बम “कर्म देश” लाइ बहराइनको राजधानी मानमा स्थित DXNको सभाहलमा नेपाली राजदूतावास कार्यलय प्रमुख राजु केसीको प्रमुख आतिथ्य र विशेष अतिथी डि.एक्स.एन.कं.शाखा बहराईनका म्यानेजर बेनी एन्टोनी, एवं डिएक्सएन नेपाली परिवारका संयोजक बिष्णु रोका मगर, देव रेगामी मगर, दिल थापा अतिथि थिए ।
प्रमुख अतिथि लगाएत अन्य अतिथिले बिश्व मधुमेह दिवशको शुभदिन अवसरमा प्रथम स्वास्थ्य र दोस्रो मनोरन्जन पनि मानव समाजमा आवस्यक रहेको बताउँदै यस्तो महत्वपुर्ण समय जुटेकोमा खु:सी हुँदै संयुक्त रूपमा “कर्म देश” एलवमको औपचारिक लोकार्पण गर्दै शुभ कामना सहित मन्तब्य राखेका थिए ।
प्रमुख अतिथि केसीले थप्दै भने राष्ट्रिय लोक तथा दोहरी गीत प्रतियोगिता २०६३ को प्रथम स्थान ओगट्न सफल यस्ता धेरै होनाहार कलाकार प्रति राज्य बाट ओझेलमा परेको प्रति धेरै दु:खको अनुभुति गर्दै विदेशी भुमीमा पनि यसरी नेपालीहरू एकजुट भै साहित्य,श्रृजना, गीत,गजल,कविता,नेपाली राष्ट्रिय मौलिक कला साँस्कृतिक श्रष्टाहरूलाई संरक्षण-संवर्द्धन प्रति प्रोत्साहन दिँदै शुभ-कामना ब्यक्त गरे ।
कार्यक्रमका सभापति अन्तराष्ट्रिय नेपाली कलाकार समाजकी बहराइनका का.व.अध्यक्ष तथा गीतकार पवित्रा थिए भने स्वागत मन्तब्य रेशम श्रीस मगरले र कार्यक्रम संयोजक वरिष्ठ दोहोरी गायक अशिम महतले संचालन गरेका थिए ।
दैनिक सयौको संख्यामा नेपालीहरु आ-आफ्नै विभिन्न बाध्यता विवशताले गर्दा पलायन जीवनका तिता मिठा शब्दमा यथार्थतलाई परिभाषित,सरल ढंगले समावेश शब्दहरु फुलेको फुल ‘कर्म देश’ एल्वममा नेपालीहरुको जीवन्त कथा र ब्यथामा आधारित छन् ।
गाउँ घर छाडी हिडियो
रुँदै छोड्ने मन नहुँदा-नहुँदै
भन्ने मार्मिक कर्णप्रिय सब्द रचनाले उपस्थित सम्पुर्ण दर्शक तथा श्रोताहरू मन्त्र मुग्ध बनेका थिए भने,यस्तै:-
नजिक छोड्थ्यो गाउँ घरमा गुड्नेले,
टाढै ल्यायो आकाशमा उड्नेले !!
गीतले झनै उत्साहित गरेका थिए ।
सो कार्यक्रम सफल बनाउन सिमा रेगामी मगरको विशेष योगदान रहेको थियो ।
फोटो पत्रकार हिमलाल पाण्डे,रेशम गौतम को निर्देशनमा सम्पादन तथा बहराईनको बिभिन्न स्थान बाट छायाङ्कन गरी तैयार पारीएको उक्त ‘कर्म देश’ एल्वमको म्यूजिक भिडियो समावेश सिर्ष गीतको भिडियोमा कृष्ण बाबु र सपना शेर्पाको अभिनय रहेको प्रोमो भिडियो प्रस्तुत गरिएको थियो ।
नेपाली राष्ट्रिय मौलिक कला साँस्कृतिक श्रष्टाहरू लाई प्रोत्साहनका लागी उपस्थित प्रमुख अतिथि, विशिष्ट अतिथि, साथै विभिन्न संघ,संस्था,बाट प्रतिनिधित्व गरी पाल्नु हुने अतिथिगण, साथै अग्रज बुद्धिजिवि, समाजसेवी पत्रकार लगायत कार्यक्रम भब्य र सभ्य सम्पन्न गर्न प्रतक्ष वा अप्रतक्ष रूपमा मद्धत गर्नु हुने समस्त श्रोता तथा शुभचिन्तक हरू प्रति हार्दिक कृतज्ञता ब्यक्त गर्दै औपचारिक कार्यक्रम समापन भएको जानकारी उक्त कार्यक्रमका संचालक तथा संयोजक एवं अन्तराष्ट्रिय नेपाली कलाकार समाज बहराईनका संयोजक अशिम महतले www.rajyasatta.com online पत्रिकालाई बताए ।
क्रार्यक्रम अन्तराष्ट्रिय नेपाली कलाकार समुह द्वारा गरिएको थियो ।