चम्किदै रजनी गुरुङ

Read Time:1 Minute, 31 Second

मनोज घर्तीमगर

रहरमै फिल्ममा हाम फालेकी रजनी गुरुङ पछिल्लो समय व्यस्त छिन् ।

(तस्वीर : विनय शाह)

   गुरुङ्ग फिल्बाट अभिनयमा छिरेकी उनले सुराक, भ्रैँ, माँ, धिँ, डर्टी पोखरा, टलकजंग भर्सेस टुल्के, माया गर्नेलाई माया नमार लगायत थुप्रै फिल्ममा अभियन गरिसकेकी छिन् । यतिबेला उनलाई एकपछि अर्को फिल्मको अफर आउन थालेका छन् । गुरुङ भए पनि अग्लो जिउडाला । जातिय सँस्कृति झल्कने गीतदेखी विभिन्न गीत र म्यूजिक भिडियोमा समेत उनले अभिनय गरेकी छिन् । ‘रहरमै फिल्म क्षेत्रमा आँए, अहिले व्यवसायिक हुने प्रयत्न गरिरहेकी छु’ उनी भन्छिन् । 

हँसिलो अनुसार । हेर्न उत्तिकै सुन्दरी रजनीले विभिन्न विज्ञापनमा समेत मोडलिङ गरेकी छिन् । फिल्म अभिनय र विज्ञापनमा मोडलिङ गर्दार्गै पछिल्लो समय उनलाई मोडलिङ रहर पनि पलाएको छ । आफ्नो फिल्म ‘भ्रैँ’ अर्थात पाहुना प्रर्दशनका लागि हङकङ गएकी उनले त्यही मोडलिङ रहर पूरा गरेकी छिन् ।  त्यहाँको सुन्दरता देखेर दंग परेकी उनले हङकङमै हट फोटो सेसन गरिन् ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %