हेटौँड, १६ पुस ।
पूर्वगृहमन्त्री एवम् नेपाली काँग्रेसका नेता गोविन्दराज जोशीले सरकार परिवर्तन गरेरमात्र वर्तमान राजनीतिक गतिरोधको अन्त्य नहुने बताएकाछन ।
नेपाली काँग्रेस मकवानपुरले आज हेटौँडामा आयोजना गरेको राष्ट्रिय एकता तथा मेलमिलाप दिवस, आजको सान्दर्भिकता विषयक विचार गोष्ठीमा नेता जोशीले गतिरोध अन्त्यका लागि जननायक विश्वेश्वरप्रसाद कोइरालाले अघि सार्नुभएको मेलमिलापको नीतिलाई सबैले पालना गर्नु जरुरी रहेको बताए ।
मुलुकले संसद् बसेलगत्तै नयाँ प्रधानमन्त्री बन्न सक्ने बताउँदै नेता जोशीले सभामुखबाट स्वतन्त्ररुपमा गतिरोध टुङ्ग्याउनु हुने विश्वास व्यक्त गरे ।
नेपाली काँग्रेस मकवानपुरका सभापति रघुरमण न्यौपानेको सभापतित्वमा सम्पन्न कार्यक्रममा सहभागी वक्ताहरूले वर्तमान अवस्थामा जननायक बिपीको विचारलाई सबैले आत्मसात् गरी व्यवहारमा पालना गर्नुपर्ने धारणा राखेका थिए ।