बहराईनममा फाल्गुनन्दको १३०औँ जन्म जयन्ती सम्पन्न

Read Time:2 Minute, 26 Second

कृष्ण सारू मगर

बहराईन , कार्तिक २५ – बहराईनको राजधानी मानमामा नेपालका १६औँ राष्ट्रिय विभुती तथा किरात धर्म गुरु मुहिङ्गुम आङसिमाङ फाल्गुनन्द लिङदेनको १३०औँ जन्म जयन्ती भब्यताका साथ सम्पन्न भयो ।

(फोटो:गंगा वानेम लिम्बु)

  बहराईनमा विभिन्न पेशा, व्यवसाय, रोजगारको शिलशिलामा रहेका  नेपाली भुमिपुत्र आदिवासी जनजाति किराँतीहरूको सकृयतामा किराँत धर्मालम्विहरूको ऊत्थान समाजको प्रमुख आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमका सभापति संघिय लिम्बुवान समाज बहराईनका वर्तमान अध्यक्ष तथा आदिवासी जनजाती महासंघ बहराईन का महासचिव प्रल्हाद लिंगदेंन थिए भने स्वागत मन्तब्य किराँत याक्थुम चुम्लुङका संस्थापक जितमान मेयुङ लिम्बु र किराँत याक्थुम चुम्लुंग बहराईनका सल्लाहकार ईन्द्र एक्तेनले संचालन गरेका थिए ।    

दीप प्रज्वलन गरी  सभापति  प्रल्हाद लिंगदेंनले  कार्यक्रम उद्घाघान गरेका थिए ।

  बलम्बी तथा शुभेच्छुक हरुको उल्लेखनिय ऊपस्थितिमा किरात धर्म संस्कृति परम्परा अनुसार विभिन्न कार्यक्रमको साथ ऊक्त कार्यक्रमको किराँत धर्म अनुष्ठानको सौजन्य सेवारो नेपाली रेस्टुरेन्टका संचालक गंगा वानेमले सह्योग गरेका थिए ।

कार्यक्रममा किरात धर्म तथा साहित्य उत्थान र समाज सुधारका निम्ति धर्म गुरु मुहिङ्गुम आङसिमाङ फाल्गुनन्द लिङदेनको अतुलनिय योगदान बारेमा सभापति प्रलाद लिंगदेनले प्रकश पर्दै कार्यक्रम समापन भएको नेपाल आदिवासी जनजाति महासंघ बहराईन तदर्थ समितिका कोषाध्यक्ष झहर थेवेले राज्यसत्ता डटकमलाइ बताए l

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %